मूल्य वृद्धि १० प्रतिशत नजिक, उपभोक्ताको भान्छा महंगीयो

  २०७३ भदौ १० गते १०:५६     विकासन्युज

foodकाठमाडौं, १० भदौ । मुलुकमा मुल्य वृद्धिको दर करिब १० प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७२/७३ मा वार्षिक औषत मुल्य वृद्धि दर ९ दशमलब ९ प्रतिशत पुगेको हो । अघिल्लो बर्ष यस्तो वृद्धिदर जम्मा ७ दशमलब २ प्रतिशत मात्रै थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७३ असार महिनामा उपभोक्ता मुद्रास्फीति १० दशमलब ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७ दशमलब ६ प्रतिशत मात्रै थियो ।

तराई आन्दोलन, सीमा–नाका अवरोध र आपूर्ति असहजता जस्ता प्रतिकूल परिस्थितिका कारण समीक्षा अवधिमा मूल्यमा चाप परेको हो । गत वर्ष दल हन तथा गेडागुडी, घ्यू तथा तेल, लत्ता कपडा तथा जुत्ता, मसला, घरायसी सामान तथा सेवाको मूल्य वृद्धिदर उच्च रहेकाले समग्र उपभोक्ता मुद्रास्फीतिमा चाप पर्न गएको हो । सो अवधीमा खाद्य तथा पेय पदार्थ समूह र गैर–खाद्य तथा सेवा समूहको औसत मूल्य वृद्धिदर क्रमशः १० दशमलब ९ प्रतिशत र ९ दशमलब २ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षमा यी समूहहरुको औसत मूल्य वृद्धिदर क्रमशः ९ दशमलब ६ प्रतिशत र ५ दशमलब २ प्रतिशत रहेको थियो ।

गत बर्ष दलहन तथा गेडागुडीको मूल्य ३२ दशमलब ७ प्रतिशत, घ्यू तथा तेलको मूल्य १९ दशमलब ५ प्रतिशत र मसलाको मूल्य १३ दशमलब ५ प्रतिशतले बढेकोले खाद्य समुहको वार्षिक औसत मुद्रास्फीतिदर दोहोरो अंकमा पुगेको हो । त्यसैगरी, लत्ता कपडा तथा जुत्ता र घरायसी सामान तथा सेवाको मूल्यमा क्रमशः १४ दशमलब २ प्रतिशत र १२ दशमलब ७ प्रतिशतले वृद्धि भएको छ ।

काठमाडौं उपत्यकाको मुल्य वृद्धि ११ दशमलब ६ प्रतिशत, पहाडी क्षेत्रमा १० दशमलब ४ प्रतिशत, हिमालमा ८ दशमलब ८ प्रतिशत तराईमा ८ दशमलब ६ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.