२०७३ भदौ १३ गते ०:५१ विकासन्युज
काठमाडौं १३, भदौ । अबदेखि एक केजीभन्दा सानो परिमाणको टुक्रा सुन पनि आयात गर्न पाइने भएको छ । एक केजीको टुक्रा मात्रै आयात गर्दा खरिद–बिक्रीमा समस्या भएको भन्दै सानो परिमाणका टुक्रा सुन पनि आयात गर्न पाइने व्यवस्था गर्न लागिएको हो ।
अहिलेसम्म एक केजीभन्दा सानो परिमाणको टुक्रा भएको सुन आयात गर्न पाइने व्यवस्था थिएन ।
यस्तो अवस्था परिवर्तन गरेर १ सय, २ सय, ५ सय र एक केजी परिमाणको टुक्रा सुन आयात गर्न पाइने व्यवस्था गर्न लागिएको नेपाल राष्ट्र बैंक विनिमय विभागका प्रमुख भीष्मराज ढुंगानाले जानकारी दिए ।
सानो परिणामको टुक्रा आयात अनुमतिका लागि राष्ट्र बैंक वाणिज्य मन्त्रालयसँग सहमति मागेको छ । मन्त्रालयबाट सहमति आउने वित्तिकै प्रक्रिया मिलाएर आयातको अनुमति दिने राष्ट्र बैंककोे भनाइ छ ।
नेपालमा सुन आयातको अनुमति राष्ट्र बैंकबाट अनिवार्य रुपमा लिनुपर्ने प्रावधान छ । हाल वाणिज्ज बैंकले मात्रै सुन आयात गर्न पाउँछन् । १ किलोका टुक्रा सुन आयत गर्दा खरिद विक्रीमा समस्या भएकोले यो भन्दा सानो परिणाममा पनि आयात गर्न पाउने व्यवस्था हुने भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.