सानो परिमाणको सुन खरिदका लागि लबिङ गर्दै व्यवसायी

  २०७३ भदौ २३ गते ७:४८     विकासन्युज

काठमाडौं, २३ भदौ । सानो परिमाणको सुन खरिदका लागि लबिङ गर्दै सुन चाँदी व्यवसायीहरु नेपाल राष्ट्र बैंकसम्म पुगेका छन् । जिल्लामा सुन खरिद प्रक्रिया सहज बनाइ दिन तथा ५० तथा सय ग्रामको सानो परिमाणको सुन खरिद गर्ने प्रक्रिया मिलाइ दिने व्यवस्था गर्न उनीहरु राष्ट्र बैंक पुगेका हुन् ।

ramesh-maharjanबुधबार राष्ट्र बैंकमा भेटिएका नेपाल रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले भने ‘सानो परिमाणको सुन खरिद गर्ने व्यवस्था राष्ट्र बैंकले गरिदिए साना व्यवसायीलाई राहत मिल्ने छ ।’ अहिले एक किलोभन्दा कम सुन खरिद गर्न नपाउने व्यवस्थाले गर्दा साना व्यवसायी मर्कामा परेका छन् । आफ्नो व्यवसाय सञ्चालन गर्नको लागि आवश्यक पर्ने सुन आफू प्रत्यक्ष गएर खरिद गर्न पाएका छैेनन् । सो कारण उनीहरुको व्यवसायमा असर पुगेको महर्जनको भनाइ छ ।

ठूलो परिमाणमा सुन खदिर गर्न नसक्ने व्यवसायीहरु अहिले आफ्नो व्यवसाय सञ्चालन गर्न अरुको मुख ताक्नु परेको बताउँदै उनले भने ‘यस्तो व्यवस्था लागू भएमा व्यवसायीहरु आफैले आवश्यक सुन खरिद गरी लैजान सक्छन् ।’ सानो परिमाण सुन जसले पनि खरिद गर्ने सक्ने व्यवसथा मिलाइ दिएमा उपभोक्ताले पनि आफ्नो हैसियत अनुसार नगद सम्पत्तिको रुपमा परिचित सुन खदिर सहज तरिकाबाट गर्न सक्छन् ।

सुन आयात गर्ने जिम्मा स्वयम् व्यवसायी

व्यवसायीहरुले पटक पटक सुन आयात गर्ने जिम्मा सम्बन्धित व्यवसायीलाई दिन राष्ट्र बैंक समक्ष माग गर्दै आएका छन् । तर, राष्ट्र बैंकले भने उनीहरुको कुरालाई तत्याउँदै वाणिज्य बैंकहरुलाई नेपालमा सुन आयात गर्न जिम्मा दिएको छ । त्यतिमात्र होइन, राष्ट्र बैंकले सुन आयातको जिम्मा बैंकहरुलाई मात्र दिँदा उपत्यका वाहिरका व्यवसायीहरु मर्कामा परेका छन् । बैंकहरुले उपत्यकाबाट मोफसलमा सुन लैजादा बढी जोखिम हुने बताउँदै उपत्यका बाहिर सुन लैजान मानिरहेका छैनन् ।

यसले गर्दा उपत्यका बाहिरका व्यवसायीहरु सानो परिमाण सुन खरिद गर्न उपत्यकानै आइपुग्नु पर्ने बाध्यता एकातिर छ भने अर्को तिर उनीहरु पनि विभिन्न जोखिममा पर्ने गरेको महोत्तरीका व्यवसायी अशोेक कुमार शाहले बताए । ‘हामीहरुलाई व्यवसाय गर्न निकै कठिन भएको छ,’ उनले भने ‘कमसेकम सरकारले व्यवसायीले आफूले व्यवसाय गर्न चाहेको स्थानमा कच्चा पदार्थको उपलब्धता हुनु पर्यो या व्यवसायी स्वयमलाई सुन आयात गर्ने व्यवस्था मिलाइ दिनु पर्यो ।’

भारतीय रुपैयाँमा सुन बिक्री गर्दा बढी नाफा

नेपाल र भारतमा सुनको मूल्य करिब उस्तै भएपनि भारतीय रुपैयाँमा सुन विक्री गर्दा बढी नाफा हुने भएकोले भारतीय बजारमा नेपाली सुन विक्री हुने गरेको शाहले बताए । शाहले विजन्यूजसँग कुरा गर्ने क्रममा भने भन्सार छलि गरेको अर्थात तस्करीको सुन भारतमा लगेर विक्री गर्दा एक किलोमा ३० लाखभन्दा बढी नाफा हुने भएकोले तस्करहरु नेपाली बजारमाभन्दा भारतीय बजारमा सुन विक्री गर्न आकर्षित भएका हुन् । नेपालमा हाल सरकारले प्रतिदशग्राम सुनको ४ हजार २ भन्सार महसुल लाग्ने गरेको छ ।

सरकारलाई नेपाली बजारबाट तस्करीको सुन भारतीय बजारमा जाने गरेको थाहा भएपनि मुख दर्शक भएर हेरि बसेको छ । यतिमात्र कहाँ होर बैंकले ल्याएको सुन विक्री नहुने तर बजारम छ्याप्छ्याप्ती सुन पाइनुमा नियमन निकाय तथा तस्करी रोक्नका लागि खटिएका प्रहरी समेत सामेत भएको सजिलै अनुमान गर्न सकिने उच्च स्रोतले बताएको छ । नत्र अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा प्रहरी मिलेर तस्करीहरुको पहिचान गर्न गाह्रो नहुने उच्च स्रोतले बताएको छ । नेपालमा हाल दैनिक ५० किलोभन्दा माथि सुन अवैधरुपमा नेपाल भित्रिरहेको जनाकारहरुले अनुमान गरेका छन् । ‘दुई वर्ष अघि पनि बजारमा तस्करीको सुन प्रशस्त थियो,’ ती जानकारले भने ‘केही महिनायता बजार त्यसरीनै अनौपचारिकता तिर प्रवेश गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.