फेवा विकास बैंक र गण्डकी विकास बैंकबीच मर्ज हुने, बोनस सेयरबाट २ अर्ब ५० करोड पुँजी पुर्याइदै

  २०७३ भदौ २६ गते १२:४३     विकासन्युज

काठमाडौं, २६ भदौ । फेवा विकास बैंक र गण्डकी विकास बैंकबीच मर्ज हुने भएको छ । फेवा विकास बैंकका अध्यक्ष विन्दुकुमार थापा र गण्डकी विकास बैंकका अध्यक्ष पद्मप्रसाद पौडेलले शुक्रबार मर्ज सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
phewa_gandgi

मर्जरपछि शाखा संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो विकास बैंक हुने

मर्जपछि बन्ने बैंकको नाम गण्डकी विकास बैंक लिमिटेड हुने छ । नयाँ बैंकको अध्यक्ष फेवा विकास बैंकको अध्यक्ष जगतबहादुर गुरुङ हुने छन् भने प्रमुख कार्यकारी अधिकृत फेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा हुने दुबै विकास बैंकका तर्फबाट आईतबार जारी संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गत असार मसान्तको वित्तीय विवरणका आधारमा मर्जपछि बैंकको चुक्ता पुँजी १ अर्ब ५३ करोड हुने भएको छ । यी दुई संस्था मर्जपछि राष्ट्रिय स्तरको विकास बैंकका लागि आवश्यक २ अर्ब ५० करोड रुपैयाँ पुँजी बोनस सेयरबाट पुग्ने देखिएको छ । दुइ अाथिर्क वर्षमा यस बैंकले कम्तिमा ९७ कराेड रूपैयाँ बराबरकाे बाेनस सेयर दिने देखिएकाे छ । दुई बैंकको गत आर्थिक वर्षको खुद नाफा जोड्दा ४३ करोड रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको नाफा समेत बोनस दिएर बैंकले न्यूनतम चुक्ता पुँजी पुर्याउने देखिएको छ ।

गत असार मसान्तको रिपोर्टका आधारमा मर्जपछि यस बैंकको निक्षेप १७ अर्ब २७ करोड, कर्जा लगानी १४ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । मर्जरपछि बैंकको शाखा ५० वटा हुने, एटीएम २१ वटा हुने र ग्राहक संख्या २ लाख भन्दा बढी हुनेछ । मर्जरपछि शाखा संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो विकास बैंक हुने बैंकद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.