गोल्छा अर्गनाईजेसनद्धारा मल्टिब्राण्ड शोरुम ‘स्वीच अन’ संचालनमा

  २०७३ भदौ २७ गते १०:२७     विकासन्युज

काठमाडौं, २७ भदौ । गोल्छा अर्गनाईजेसनले मल्टिब्राण्ड शोरुम स्वीच अन सञ्चालनमा ल्याएको छ । उक्त स्टोर काठमाडौंको नक्साल, नारायणचौरमा सञ्चालनमा आएको छ ।

switch_on

कम्पनीले उपभोक्ताहरुलाई एकै छानामुनी सम्पूर्ण इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल उत्पादनहरु उपलब्ध गराउने उदेश्यका साथ उक्त स्थानमा यो स्टोरको शुरु गरेको हो । स्वीच अनमा विभिन्न किसिमका इलेक्ट्रोनिक्स कन्ज्यूमर ड्यूरेबल गुड्स तथा होम अप्लायन्सेसहरु उपलब्ध छन् ।

सामसंग, हिमस्टार, बजाज इलेक्ट्रिकल, टाइमेक्स, ओस्राम, अहुजा, इण्डोएशियनका मोबाइल, टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, एलईडी लाइट्स, घडिहरु तथा अन्य इलेक्ट्रोनिक्स ( इलेक्ट्रिकल सामाग्रीहरु स्टोरमा उपलब्ध छन् ।

स्वीच अनका एक प्रतिनिधिले भने, “निकै व्यस्त समयले मानिसको जिवनलाई जटिल बनाएको छ , स्वीच अनले कम्तिमा किनमेललाई सहज बनाउन आफ्नो स्टोरबाट सेवा संचालनमा ल्याएको हो । हाम्रो प्रमुख उद्देश्य भनेको व्यक्तिगत तथा संस्थागत उपभोक्ताहरुलाई उच्च गुणस्तरको हरेक किसिमको सामाग्रीहरु प्रतिस्पर्धि मूल्यमा उपलब्ध गराउनु हो । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.