हराएको पासपोर्ट एक दिनमै बन्ने

  २०७३ भदौ २७ गते १०:४१     विकासन्युज

passportकाठमाडौं, २७ भदौ । अबदेखि पासपोर्ट हराएमा पत्रपत्रिका सूचना प्रकाशित नगरी प्रतिलिपी बनाउन सकिने भएको छ ।
पत्रपत्रिकामा सूचना तथा प्रहरी रिपोर्ट बनाउनु पर्ने व्यवस्थाले सेवा ग्राहीलाई असहजता थपिएको भन्दै राहदानी विभागले सबै झण्झटिला व्यवस्था हटाएको हो । अबदेखि पासपोर्ट हराएमा बिभागमा निवेदन दिए नयाँ बनाउन सकिनेछ ।

जिल्लास्तरमा भने जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा जानकारी गराएर नयाँ पासपोर्ट बनाउन सकिनेछ । त्यसरी दिइएको सूचनालाई विभागले नै प्रहरी समक्षा पुर्याउनेछ । प्रहरीले त्यसरी प्राप्त सूचनलाई इन्टरपोल मार्फत चेक जाँच गर्नेछ ।

अब हराएको पासपोर्ट एक दिनमै प्राप्त गर्न सकिने पनि बिभागले जनाएको छ । हराएका पासपोर्ट बनाउने प्रक्रियालाई सहज बनाउन बिभागले एक छुट्टै कोठाको व्यवस्था समेत गरेको छ । सबै नेपालीको एमआरपी इन्टरपोल सूचना प्रणालीमा राखेर दोश्रो व्यक्तिले पासपोर्ट प्रयोग गर्ने तथा अपराधिक क्रियाकलापमा संलग्नहरुलाई पक्रन समेत सहज हुने राहदानी बिभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.