कुमारी बैंकले ल्यायो चिप बेसमा आधारित क्रेडिट कार्ड, संसारभर प्रयोग गर्न सकिने

  २०७३ भदौ २७ गते ११:१५     विकासन्युज

kumari_cardकाठमाडौं, २७ भदौ । कुमारी बैंकले चिप बेसमा आधारित क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालसहित संसारका सबै मुलुकमा प्रयोग गर्न सकिने सुबिधा सहितका क्रेडिट कार्ड सुरु गरेको हो ।

कुमारीले ल्याएको डोमेष्टिक कार्ड नेपाल तथा भारतमा प्रयोग गर्न सकिन्छ । डलरमा सञ्चालन हुने इन्टरनेशनल कार्ड भने संसारका जुनसुकै मुलुकमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । जारी गरिएका नयाँ कार्डमा उच्चस्तरको सुरक्षा सतर्कता तथा जोखिम न्युनिकरणका उपाय प्रयोग गरिएको पनि बैंकले जनाएको छ । यी कार्डहरुबाट क्रेडिट लिमिटको ९० प्रतिशतसम्म रकम झिक्न सकिन्छ ।

यसअघि नै बैंकले कुमारी भिसा कार्ड प्रयोगमा ल्याइसकेको छ । कुमारी बैंकले उपत्यका भित्र ११ वटा र बाहिर २५ वटा शाखा तथा दुई वटा एक्सटेन्सन काउन्टर र ३६ वटा एटिएमबाट सेवा प्रवाह गरिरहेको छ ।
बैंकको ग्राहक संख्या २ लाख पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.