के नेपालीको अाम्दानी बढेकै हो त ! नेपालमा मोबाइल आयात पाँच वर्षमा तीन गुणाले बढ्यो

  २०७३ भदौ २७ गते १७:०३     विकासन्युज

काठमाडौ, २७ भदौ । प्रविधिको उच्च परिवर्तन र विश्वव्यापिकरणका कारण नेपाल पनि अछुतो रहन सकेको छैन्। नेपालमा पनि दिनानुदिन मोबाइल प्रयोगकर्ता बढ्दै जाँदा मोबाइलको बजारसमेत आकासिएको छ ।

नेपाल मोवाइल डिलर्स एसोसिएसनका अनुसार हरेक ६ महिनमा एउटा कम्पनीले आफ्नो नयाँ मोडल सार्वजनिक गर्ने प्रचलनले पनि आयात ह्वात्तै बढेको हो । मानिस एउटा मोबाइल ६ महिना प्रयोग गरेपछि फेरि नयाँ बोक्न चाहन्छ । यसले मोबाइलको बिक्री बढाएको छ । ‘घरमा दैनिक छाक टार्न नसक्ने मानिसको हातमा ५० हजारभन्दा बढिको मोबाइल प्रत्येक वर्षमा परिर्वतन हुनु पनि यसको उदाहरण हो’, एसोसियसनका कोषाध्यक्ष अनुप थापाले भने, ‘पछिल्लो समय मोबाइल मानिसको आवश्यकता बन्दै जाँदा पनि यस्तो अवस्था आएको हो ।’

भन्सार विभागको पछिल्लो पाँच वर्षको तथ्यांकलाई आधार मान्ने हो भने पनि नतीजा उस्तै छ । आव २०६८/०६९ मा १९ लाख ३३ हजार मोबाइल आयात भएकोमा आव २०७२/०७३ मा ४९ लाख ९० हजार मोबाइल सेट नेपालमा आयात भएको छ।

यो पाँच वर्ष अघिको तुलनामा २.५९ गुणाले बढी हो । गत आव २०७१/७२ को मोबाइल आयातलाई मात्र मध्यनजर गर्ने हो भने पनि यो वर्ष मोबाइलको आयात दोब्बरको हाराहारीमा छ । गत आव ३८ लाख नौ हजार मोबाइल सेट भित्रिएको थियो ।

geoni_mobile

गत आव नेपालमा १८ अर्ब १९ करोड ७६ लाख ८७ हजार ८६ हजार रुपैयाँको मोबाइल आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा पाँच अर्ब रुपैयाँ बढी हो । अघिल्लो वर्ष १३ अर्ब चार करोडको मोबाइल आयात भएको थियो ।

अन्तर्राष्ट्रियस्तरमा पनि मोबाइलको बजार यही अनुरुपको छ । नयाँनयाँ ब्रान्डका मोबाइल भित्रिनुले पनि यस्तो अवस्था सिर्जना गरेको हो। नेपाल, साउथ अपिफ्रका जस्तो खुला बजार नीति भएको देशमा मोबाइल आयात यो रूपमा हुनु स्वभाविक रहेको नेपालले जानकारी दिए ।

मानिस बारफोनबाट स्मार्टफोनमा जाने क्रम बढ्नु, बारफोनको मूल्यमा स्मार्टफोन उपलब्ध हुनु र सामाजिक सञ्जालले मानिसलाई आकर्षित गर्नुले पनि मोबाइल बजार आकासिएको हो । नेपालमा अहिले ५० भन्दा बढी मोबाइल कम्पनीको उपस्थिति छ भने ओप्पोलगायतका अन्य थुप्रै कम्पनी भित्रिने क्रममा छन् । यसरी नयाँ कम्पनीले बजारमा आउँदा पनि मोबाइलको आयातमा ठूलो फरक देखिएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

नेपालमा चीन, भारत, दक्षिण कोरिया, भियतनाम, हङकङ, स्पेनलगाय ६१ देशबाट मोबाइल आयात हुने गरेको छ । नेपालमा आयात हुने कुल मोबाइलको ९० प्रतिशत हिस्सा चीनले ओगटेको छ । भ्यालुका आधारमा चीनबाट आउने मोबाइलले ७६ प्रतिशत ओगटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.