यी हुन् बढी मूल्य पर्ने १२ तरकारीहरु

  २०७३ भदौ २८ गते ८:४९     विकासन्युज

काठमाडौं, २८ भदौ । राजधानीको कालीमाटी बजारमा तरकारी छोइ नसक्नु भएको छ । मुख्य बजारमा नै तरकारी छोइनसक्नु भएपछि काठमाडौंका विभिन्न खुद्रा पसलहरुमा तरकारी किन्ने सर्वसाधारणहरु मारमा परेका छन् ।

मंगलबार कालीमाटी बजारमा १०० रुपैयाँभन्दा बढी मूल्य पर्ने १२ थरिका तरकारीहरु बिक्रि भैरहेका छन् । सबैभन्दा बढी निउँरोको मूल्य प्रतिकेजी ३७५ रुपैयाँ रहेको छ । त्यसैगरि सुकेको प्याज(चिनियाँं) प्रति केजी २८५ रुपैयाँ, सुकेको खुर्सानी प्रति केजी २७५ रुपैयाँ र सुकेको प्याज (नेपाली) प्रतिकेजी २४५ रुपैयाँ रहेको छ ।

हेर्नुस् बढी मूल्य पर्ने तरकारीहरु :
vegetables_rate

 

 

सो दिन बजारमा फलफूलहरुमा अनार प्रति केजी २४५ रुपैयाँमा किनबेच भइरहेको छ । त्यसैगरि गुलियो सुन्तला र स्याउ प्रति केजी क्रमशः १२५ र ११५ रुपैयाँमा बिक्री भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.