एनएमबी बैंकले ‘एक घर एक खाता’ अभियान सञ्चालन गर्ने, राजेश हमाल ब्राण्ड एम्बेसडरमा नियुक्त

  २०७३ भदौ २९ गते १४:१६     विकासन्युज

काठमाडौं, २९ भदौ । एनएमबी बैंक लिमिटेडले ‘एक घर एक खाता’ अभियानलाई प्रर्वद्धन गर्न महान् अभिनेता राजेश हमाललाई प्रवद्र्धक दूत (ब्राण्ड एम्बेस्डर)को रुपमा नियुक्त गरेको छ । यस बैंकले एक घर एक खाता अभियान गत साउनदेखि नै शुरु गरेको छ ।
nmb_rajesh_hamal
एनएमबी बैंक एक घर एक खाता अभियानको बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने–‘नेपाली सिने क्षेत्रका महान् अभिनेता राजेश हमाललाई यस योजनाको प्रर्बद्धक दूतका रुपमा नियुक्त गर्न पाउँदा हामी अत्यान्तै हर्षित भएका छौं, हमालको लोकप्रिय छविले यस अभियानको उदेश्य पुरा हुनेमा हामी विश्वस्त छौ ।’

‘बैकिङ साक्षरता र समावेशीता प्रवद्र्धन गर्न महान् अभिनेतालाई लिएर हामी गाउँ गाउँमा जाने छौं । विभिन्न कार्यक्रमको आयोजना गरी सर्वसाधारणलाई बैंकमा खाता खोल्न, बचत गर्न र भविष्य सुरक्षीत गर्न अपिल गर्ने छौ’ पौडेलले भने ।

अभिनेता राजेश हमालले बैंकमा खाता खोल्दा पैसा बचत हुने, व्याज आम्दानी हुने, अन्य बैकिङ सेवाको प्रयोग गर्न सकिने र त्यसबाट अन्य लाभ लिन सकिने विषयको जानकारी धेरै नेपालीलाई नभएको र अझै पनि ६० प्रतिशतभन्दा बढी नेपालीले बैंकमा खाता नखोलेको अवस्थामा एक घर एक खाता अभियानको प्रवद्र्धक दूतको रुपमा आफू काम गर्न मञ्जुर भएको बताए । ‘बैंकले धेरै राम्रो कार्यक्रम ल्याएको छ, बैंकमा खाता खोल्दा बचतकर्तालाई पनि फाइदा हुन्छ, बैंकलाई पनि फाइदा हुन्छ, अर्थतन्त्रलाई पनि फाइदा हुन्छ’ हमालले भने ।

एमएमबीका रिटेल बैकिङ प्रमुख सुष्मा शर्माले एक घर एक खाता अभियानमा खाता खोल्ने ग्राहकलाई बीमा, रेमिट्यान्स भुक्तानी सेवा लगायत सुविधा दिन सकिने र यो खोता खोल्ने प्रक्रिया सजिलो भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.