यामाहाको नयाँ शोरुम लालबन्दीमा

  २०७३ भदौ ३० गते ६:४८     विकासन्युज

लालबन्दी, ३० भदौ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सर्लाहीको लालबन्दीमा आफ्नो सेवा विस्तार गरेको छ । एमएडब्लुले आफ्नो नयाँ डिलर लालबन्दी ट्रेड लिंकमार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो ।

yamaha_lalbandi
यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पुर्ति गर्ने उद्देश्यले लालबन्दीमा यामाहा मोटरसाइकलको डिलरसिप स्थापना गरिएको हो । नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि उद्योग वाणीज्य संघ लालबन्दीका अध्यक्ष नवराज मिश्र र एमएडब्लु यामाहा डिभिजनका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट – एजीएम दिपक रौनियारले गरेका थिए ।

उद्घाटनअघि बजारमा यामाहा मोटरसाइकलहरुको ¥याली आयोजना गरिएको थियो । पचास भन्दा बढी यामाहा मोटरसाइकल तथा स्कुटर सम्मिलित ¥यालीले फुलजौर, नवलपुर, हरिवन र बागमतीको परिक्रमा गरेको थियो ।
सर्लाहीको मुख्य बजारमा अवस्थित लालबन्दी ट्रेड लिंकबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको खरिद र सर्भिसिङ गर्न सक्नेछन् । ‘जिल्लामा यामाहा जस्तो विश्वासिलो ब्राण्डको शोरुम स्थापना गर्न पाउँदा मलाई गर्व महसुस भइरहेको छ,’ ट्रेड लिंकका प्रोप्राइटर सन्तोष आचार्यले भने ।

त्यसैगरी, एमएडब्लुका एजीएम दिपक रौनियारले नयाँ डिलरसिप व्यापारिक हिसाबले महत्वपूर्ण स्थानमा खुलेको बताए । नेपालभरि यामाहाका ६० भन्दा बढी डिलरहरु छन् । शोरुममा हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन हुनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् । लालबन्दी ट्रेडलिंकमार्फत ‘थ्रि एस’सहित फाइनान्सिङ र रिकन्डिसनको सेवा पनि उपलब्ध हुनेछ ।

नयाँ शोरुममा यामाहाका सबै मोडेलका मोटरसाइकल र स्कुटरहरु उपलब्ध हुनेछ । एमएडब्लुले भर्खरै ‘स्पोर्टी’ स्कुटर रे जेडआर सार्वजनिक गरेको थियो । नेपाली बजारको यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो र रेजी लगायतका दुईपांग्रे उपलब्ध छन् । एमएडब्लुले अत्याधुनिक अटोमोबाइल प्रविधिजडित आर ३ को समेत विक्री गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.