२०७३ भदौ ३० गते १४:४८ विकासन्युज
काठमाडौँ, ३० भदौ । विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१६ मा नेपाल १५९ राष्ट्रहरुमध्ये १०८ आै स्थानमा रहेको छ । गत वर्ष यस प्रतिवेदनमा नेपाल १५७ राष्ट्रहरु मध्ये १०६ औं स्थानमा रहेको थियो । क्यानाडाको फ्रेजÞर इन्स्टिच्युटसँग सहप्रकाशन गरी समृद्ध्रि फाउण्डेशनले प्रकाशन गरेको वार्षिक आर्थिक स्वतन्त्रता प्रतिवेदनले नेपालमा आर्थिक स्वातन्त्रता खुम्चिएको बताएको छ ।
विगतका विभिन्न अध्ययनहरुले देखाए अनुसार, आर्थिक स्वतन्त्रताको माथिल्लो पंक्तिमा रहेका राष्ट्रहरुका जनताहरुमा बढी समृिद्ध, बढी राजनीतिक र नागरिक स्वतन्त्रता र लामो औसत आयु पाइन्छ । उदाहरणका लागि, आर्थिक स्वतन्त्रताको सूचीमा माथि रहेको राष्ट्रहरुको सन् २०१४ मा औसत प्रति व्यक्ति कुल गार्हस्थ उत्पादन ४१,२२८ अमेरिकी डलर रहेको थियो भने आर्थिक स्वन्तन्त्रता सूचीको निम्न पंक्तिमा रहेका राष्ट्रहरुको चाँहि ५,४७१ अमेरिकी डलर थियो । त्यसबाहेक, आर्थिक रुपले स्वन्तन्त्र राष्ट्रहरुमा सबै भन्दा गरिब १० प्रतिशतको औसत आम्दानी (अमेरिकी डलर ११,२८३) पनि आर्थिक रुपले अस्वतन्त्र राष्ट्रहरुको समग्र औसत आम्दानी भन्दा अधिक छ ।
नेपालको प्रदर्शनी
नेपाल यस वर्षको प्रतिवेदनमा ६.५४ (१ देखि १० सम्मको क्रममा, अधिकतम मानको अर्थ अधिकतम आर्थिक स्वतन्त्रता) अंकका साथ् १५९ राष्ट्रहरु मध्ये १०८ आंै स्थानमा रहेको छ । यस अंकका साथ गत वर्षको तुलनामा नेपाल २ स्थान तल झरेका हो । गत वर्ष ६.५६ अंक ल्याएर १५७ राष्ट्रहरु मध्ये नेपाल १०६ औ स्थानमा रहेको थियो।
गत वर्षको तुलनामा सरकारको आकार परिसूचक ८.७२ बाट अंकमा झरेको, ७.८९, न्याय व्यवस्था तथा सम्पति माथिको अधिकारको सुरक्षाको परिसूचक ४.३३ अंकबाट बढेर ४.७९ पुगेको, स्वस्थ मुद्रा माथिको पहुँच परिसूचक ६.४२ बाट ६.४३ भएको, अन्तराष्ट्रिय व्यापार गर्ने स्वतन्त्रता परिसूचक ६.४७ बाट बढेर ६.७२ भएको, कर्जा, श्रम र व्यवसायमा नियमनको व्यवस्था परिसूचक गत वर्षको अंक ६.८५ रहेकोमा यस वर्ष ६.८७ भएको समृद्धिले जनाएको छ ।
अन्तर्राष्ट्रिय प्रदर्शनी
प्रतिवेदनका अनुसार विश्वभरमा सबैभन्दा उच्चदरको आर्थिक स्वन्तन्त्रता कायम गरेका दश उत्कृष्ट राष्ट्रमा १० अंकमा ९.०३ ल्याउदै हंगकंग पहिलोमा सूचिकृत भएको छ । त्यसपछि क्रमश सिंगापोर (८.७१), न्यु जिल्यान्ड (८.३५), स्विजÞरर्लैड (८.२५), क्यानडा (७.९८), जर्जिया (७.९८), आयरल्याण्ड (७.९८), मरिसियस (७.९८), युनाईटेड अरब एमीरेटस (७.९८), अष्ट्रेलिया (७.९३) र संयुक्त अधिराज्य (७.९८) लगातार अब्बल स्थानमा रहे । अन्य केहि उल्लेख्य राष्ट्रहरुमा जर्मनी (७.५५), जापान (७.४२), फ्रान्स (७.३०), रसिया (६.६६), भारत (६.५०), चीन (६.४५) र ब्राजिल (६.२७) रहेका छन् । त्यसै गरी, इरान, अल्जेरिया, च्याड, अंगोला, सेन्ट्रल अफ्रिकि रिपब्लिक, अर्र्जे्न्टिना, रिपब्लिक अफ कंगो, लिब्या र भेनेजुएला लगातार अन्तिम १० स्थानमा रही सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएका देशका रुपमा अगाडी आएका छन् । केहि निरङ्कुश शासन भएका राष्ट्रहरु जस्तै उत्तरी कोरिया र क्युबाहरुको आंकडा नभएको हुदा मापन भएको छैन ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.