मोबाइल एक्स्पोमा सबवे सर्फर मोबाइल गेम प्रतिस्पर्धा हुने, स्मार्टफोनको खरिदमा मोबाइल फोन सित्तैमा

  २०७३ भदौ ३१ गते १०:०१     विकासन्युज

mobile_expoकाठमाडौं, ३१ भदौ । ललितपुरको लगनखेलस्थित रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले मोबाइल एक्स्पोको अवसर पारेर आफ्ना ग्राहकहरुका विभिन्न किसिमका सेवा सुविधा दिने योजना अनुसार मोबाइल गेम प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । कम्पनीले मोबाइल कम्प्लेक्समा यहि भदौ ३१ गते शुक्रबार र असोज १ गते शनिवार नेपालमा चर्चित मोबाइल गेम सववे सर्फरको प्रतिस्पर्धा गर्न लागेको हो । उक्त गेम शुक्रबार १ बजेदेखि कम्प्लेक्समा शुरु भएको छ ।

उक्त सववे सर्फर स्मार्टफोन गेम प्रतियोगितामा निःशुल्क सहभागीता लिन सकिने छ भने दुई दिनको अवधिमा सबैभन्दा धेरै स्कोर गर्ने प्रतियोगीलाई स्मार्टफोन उपहार प्रदान गरिने आयोजकले जनाएका छन् । कम्पनीले उक्त गेम प्रतिस्पर्धामा युवाहरुको उल्लेख्य सहभागीता हुने अपेक्षा गरिएको छ ।

यसका साथै कम्पनीले एउटा स्मार्टफोन किन्दा अर्को मोबाइल सित्तैमा दिने अफर पनि संचालन गरिरहेको छ । कम्पनीले मोबाइल एक्स्पोको अवधिभर विभिन्न ब्राण्डका प्रिमियम स्मार्टफोनहरुको खरिदमा मोबाइल फोन सित्तैमा दिने अफर ल्याएको हो । एउटा स्मार्टफोन किन्दा अर्को फोन सित्तैमा अफरअन्तर्गत ह्वावेको पी ८ लाइट, ह्वावे अनर फोर एक्स, ह्वावे जी सेभेन प्लस, लाभा एक्स एट, सामसंग ग्यालेक्सी एस सिक्स, ग्यालेक्सी एस सेभेन तथा ग्यालेक्सी नोट फाइभ स्मार्टफोन खरिद गरेमा ५ हजार मूल्य बराबरको डिटिसी टच फोन निशुल्क दिईने छ ।

मोबाइल एक्स्पोको अवसर पारेर न्यूनतम ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट विभिन्न मोबाइल ब्राण्ड तथा एसेसरिजमा ग्राहकले लिनसक्ने छन् । यहि भदौ २४ गतेदेखि असोज ३ गतेसम्म आयोजना हुने महोत्सव यस पटक भव्य र आकर्षकरुपमा भईरहेको छ ।

त्यसैगरी एक्स्पोमा हरेक प्रकारका ग्याजेट्स तथा एसेसरिज उपलब्ध हुनेछन् । कम्प्लेक्समा आधुनिक प्रविधिसहितको मोबाइल रिपेयर सेन्टर पनि संचालनमा छ जहाँ छिटो र ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्ने गरि मोबाइल मर्मत गरिनेछ ।
मोबाइल एक्स्पोमा करिब ३ लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ ।

मोबाइल एक्स्पोमा हुवावे, जियोनी, सामसुंग, लाभा, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, ओवीआई, विनकम, फ्लाई, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.