आजदेखि देशभर सुपथ मूल्यका पसल सञ्चालनमा, उपभोक्तालाई केहि छुट

  २०७३ असोज १ गते १३:३९     विकासन्युज

काठमाडौं, १ असोज । सरकारले शनिबारदेखि दशैं तथा तिहारका समयमा उपभोक्तालाई राहत दिनका लागि काठमाडौं उपत्यकासहित देशका मुख्य शहर तथा जिल्ला सदरमुकामहरुमा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ। आजदेखि खुल्ने यी पसल कात्तिक २१ गतेसम्म चल्ने जनाइएको छ।

supath-mulya
साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानको समन्वयमा सस्तो उपभोग्य सामान उपलब्ध गराउन पसल खोलिएको आपूर्ति मन्त्रालयले जनाएको छ।

सुपथ मूल्को पसलको उद्घाटन आपूर्तिमन्त्री दीपक बोहोराले सिंहदरबार परिसको साल्ट ट्रेडिङको विक्री केन्द्रमा खोलिएको पसलबाट गरे।

 

समानमा छुटको व्यवस्था

सुपथ मूल्यका पसलमा साल्ट नुन १६ रुपैयाँ र चिनी ७९ रुपैयाँमा किन्न पाइनेछ । चिनीमा ५ र नुनमा प्रतिकिलो २ रुपैयाँ छुट घोषणा भएको छ । खाद्य संस्थानले चामल र गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ भने भने खसीबोकामा पनि प्रतिकिलो १० रुपैयाँ छुटको निर्णय भएको छ ।

त्योबाहेक मैदा, सुजी, दाल र सोयाविन तेलमा अधिकतम् छुट दिने गरी व्यवस्था मिलाइएको कर्पोरशेनका प्रवक्ता कुमार राजभण्डारीले बताए । दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ ।

चाडपर्वकै लागि सरकारले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाइसकेको छ । हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँँ छ ।

राजधानीको ११ स्थानमा सरकारले आफैंले सञ्चालन गर्ने पसलमा नेशनल ट्रेडिङका विद्युतीय सामान, मेसिनेरी पार्टपुर्जा राख्नेछ भने खाद्य संस्थानले चामल, गहुँ र गेडागुडी उपलब्ध गराएको छ ।

खुद्रा ब्यापारीरुले पनि साल्ट ट्रेडिङबाट सामान लिएर सुपथ मूलयमा उपभोग्य सामग्री बेच्ने भएका छन् । खुद्रा ब्यापार संघको समन्वयमा खुद्रा ब्यापारीले १ लाख लिटर खाने तेल, ५ हजार बोरा चिनी र ३ हजार नुन बोरा नुन दिइएको छ ।

 

राजधानीमा ११ वटा सुफत पसल, उपत्यका बाहिर पनि सञ्चालनमा

राजधानीका थापाथली, नख्खु, रामशाहपथ, जाउलाखेल, बल्खु-कलंकी, टेकु, कोटेश्वर, नारायणस्थान, बौद्ध, जोरपाटी, सिंहदरबार र भक्तपुरमा सुपथ मूल्यका पसल सञ्चालन भएका छन् । यो बाहेक उपत्यका मोवाइल भ्यानबाट पनि घर दैलोमा सामान पुर्‍याउने व्यवस्था गरिएको छ ।

त्यसैगरी उपत्यकाबाहिर कृष्णनगर, सुर्खेत, नेपालगंज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशुली, बैतडी, हटौंडा, पोखरा, अछाम, बाजुरा, बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ग, बाग्लुंग, भैरहवा लगायत स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् ।

मागअनुसार जिल्ला प्रशासन कार्यालयमार्फत पनि जिल्लाहरुका सुपथ मूल्यको पसल चलाउने आपूर्ति मन्त्रालयले जनाएको छ । माग भएमा साल्ट टे्रेडिङ कर्पोरेशनका अञ्चल कार्यालयमार्फत जिल्लामा सुपथ मूल्यका सामग्री आपूर्तिको व्यवस्था गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.