एनसेल मेला आज बुटवलमा मनाइँदै

  २०७३ असोज ३ गते ६:४६     विकासन्युज

काठमाडौं, ३ असोज । एनसेलले सोमबार बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले एनसेल मेलाको आयोजना गरिरहेको छ ।

ncell_mela_2073-1नारायणगढ र पोखरामा दर्शकहरुलाई भब्यरुपमा मनोरञ्जन प्रदान गर्दै एनसेल मेला बुटवल आई पुगेको हो । मेला बिहान ११ बजे देखि भएको छ र विविध कार्यक्रम सहित साँझ सम्म चल्ने छ । मेलाको मुख्य आकर्षणमा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन, फुड स्टलहरु र एनसेल जोन रहने छन् ।

सबै उमेरका दर्शकहरुको मनोरञ्जनको लागि विशेष ध्यान राख्दै एनसेल मेलामा विविध कार्यक्रम तथा गतिविधिहरु समावेश गरिएका छन् । गेम स्टलहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु हुनेछ भने बालबालिकाका लागि किड्स जोनमा इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकर्षणहरु रहनेछन् । मयुर नाच, लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदि रोचक कार्यक्रमहरु पनि मेलामा रहनेछन् ।

मेलाको मुख्य आकर्षण कन्सर्ट हुनेछ । मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, सन्दिप क्षेत्री, रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुती रहने छ । साथ साथै एक्स व्याण्ड, कार्टुन्ज क्रु र युभि एन्जल्स्को प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदानगर्ने विश्वास लिईएको छ ।

विभिन्न मनोरञ्जनात्मक गतिविधीहरुका साथ साथै मेलाका दर्शकहरुले एनसेलको सेवा तथा सुविधाहरु आकर्षक अफर अन्तर्गत लिन सक्नेछन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था पनि मिलाईएको छ । मेलामा फुड स्टलहरु पनि रहने छ जहाँ आगन्तुकहरुले नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको मज्जा लिन सक्नेछन् ।

“खुसीयाली साट्न तथा नजिकिदै गरेको चाडपर्वको अवसरमा आदरणीय ग्राहकहरुसँग शुभकामना आदानप्रदान गर्न पाउदा हामी हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “मनोरन्जनात्मक कार्यक्रमहरुले भरिपुर्ण एनसेल मेलाले सबैलाई खुसी बाँड्ने र परिवारजन, आफन्त र साथीभाईसँग नजिक रहन थप उर्जा प्रदान गर्ने कुरामा हामी विश्वस्त छौ । ”

नारायणगढबाट शुरु भएको एनसेल मेला असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना पश्चात समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.