हिरोको १ लाख नगद जित्ने भाग्यशालीको नाम घोषणा

  २०७३ असोज ३ गते ८:३६     विकासन्युज

hero_dashain_offerकाठमाडौं, ३ असोज । हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले ल्याएको “जाउँ, हिरो लिउँ, सुन चाँदी पैसा पाउँ” नामक दशैँ योजनाको बम्पर उपहार पाउने भाग्यशालीको नाम घोषणा गरेको छ । उक्त योजना अन्तर्गत कम्पनीले हरेक हप्ता लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप १ लाख रुपैयाँ नगद प्रदान गरेको छ ।

उक्त नगद पोखरा नगरपालिकाकी शर्वदा पौडेलले लक्की ड्र मार्फत सो मात्रामा नगद जितेकी छन् । “जाउँ, हिरो लिउँ, सुन चाँदी पैसा पाउँ” योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले हिरो ब्राण्डका मोटर साइकल किन्दा ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाचमा १ ग्राम वा २ ग्राम सुनका सिक्का र हरेक हप्ता लक्की ड्र बम्पर उपहार स्वरुप १ लाख रुपैयाँ नगद पाउने छन् ।

यसैगरि स्कुटर तर्फ हरेक हिरोका स्कुटरमा ८ हजार रुपैयाँ नगद छुट हुनेछ । साथै स्क्रयाचमा १ ग्राम वा २ ग्राम सुनका सिक्का र हरेक हप्ता लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप १ लाख रुपैयाँ नगद पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.