चीनियाँ कम्पनीको नयाँ स्मार्ट फोन भित्रियो, एम ३ नोट र एम ३ एस मोबाइल सार्वजनिक

  २०७३ असोज ३ गते ९:३८     विकासन्युज

meizuकाठमाडौं, ३ असोज । नेपाली बजारमा चिनियाँ कम्पनीको नयाँ स्मार्ट फोनहरु भित्रिएका छन् । चीनमा उत्कृष्ठ १० भित्र पर्ने मोबाइल उत्पादक मेजु कम्पनीले सोमबार राजधानीमा बिशेष कार्यक्रम मार्फत दुई वटा स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक गरेको हो ।

लामो बजार अनुसन्धानपछि मेजु कम्पनी एम ३ नोट र एम ३ एस नामका दुई वटा स्मार्ट फोन सार्वजनिक गरेको हो ।
मेजुका साउथ एसिया मार्केटिङ प्रमुख लिआन जाङले एम ३ नोट र एम ३ एस मोबाइल सार्वजनिक गरेका हुन् । उनले नेपाली उपभोक्ताको रुचीलाई मध्यनजर गर्दै नयाँ स्मार्ट फोन उपलब्ध गराएका बताए ।

दुबै मोबाइलमा ५.५ इञ्चको स्क्रिन, ३ जीबीको र्याम, ३२ जीबीको रोम, ४१०० एमएएचको ब्याट्री र डुअल ४जी नेटवर्कको सुबिधा रहेको छ ।

एम ३ नोट
यसमा फिंगरप्रिन्ट सेन्सरका साथमा हेलियो पी१० प्रोसेसर,१.८ गिगाहर्जको सिपियु, १३ एमपी ब्याक क्यामेरा, ५ एमपी फ्रन्ट क्यामेरा, मल्टिमिडियो डिस्प्ले लगायतका सुबिधा रहेका छन् । ८.६ एमएमको मोटाई रहेको एम ३ नोट मोबाइल ग्रे, ग्रीन र गोल्डेन गरि तीन कलरमा उपलब्ध छन् । यसको बजार मुल्य जम्मा २४ हजार ९ सय ९५ रुपैंयाँ पर्छ ।

एम ३ एस
यसमा १३ एमपीको क्यामेरा, अटोटिक फोकस टेक्नोलोजी, मेटल बडी, फिंगरप्रिन्ट आइडेन्टिफिकेशन, एण्ड्रोइड ५.१ मा आधारित फ्ल्याइमी लगायतका सुबिधा रहेका छन् । यो मोबाइलमा पनि ग्रे, सिल्भर र गोल्डेन कलरमा उपलब्ध रहेको छ । यसको मुल्य २१ हजार ४ सय ९५ रुपैंयाँ पर्छ ।

मेजु कम्पनीले भारत, सिंगापुर, थाइल्याण्ड, इजरायल, युरोप, रसिया, युक्रेन लगायतका मुलुकमा बजार बिस्तार गरिसकेको छ । कम्पनीमा ४ हजार कामदार, २ हजार खुद्रा बिक्रेता र १० हजार भन्दा बढि चेन स्टोर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.