नेपा हिमाद्धारा सोनी फोरके एचडीआर एण्ड्रोइड टीभीको नयाँ रेञ्ज सार्वजनिक

  २०७३ असोज ५ गते ८:०५     विकासन्युज

काठमाडौं, ५ असोज । नेपा हिमा लिङ्क प्रालिले नेपाली बजारमा सोनी ईलेक्ट्रोनिक्सका फोरके हाइ डायनामिक रेञ्ज(एचडीआर) अन्तर्गत नयाँ रेञ्जमा टीभीहरु सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका नयाँ टीभीहरु आधुनिक एचडीआर चलचित्र तथा शोका लागि उपयुक्त रहेको र यसले उपभोक्तलाई उत्कृष्ट दृष्य तथा आवाज सम्प्रशणको मञ्जा दिने कम्पनीले जानकारी दिएको छ । नेपा हिमा ट्रेड लिङ्क नेपालका लागि सोनी ईलेक्ट्रोनिक्सको आधिकारिक विक्रेता हो ।

nepa_himaकम्पनीले एचडीआर लाइनअप अन्तर्गत अत्यधिक रुचाइएको एक्स९३ डी सिरिज, फोरके एचडीआर टीभी रेञ्ज र फूल एचडी टीभी अन्तर्गत ईन्टरनेट र एक्सट्रा प्रो सिरिज पनि सार्वजनिक गरेको छ ।  सार्वजनिक गरिएका नयाँ टीभी रेञ्जले उच्च ब्राइटनेस, कन्ट्रास्ट र चहकिलो रङ् सम्प्रेषण गर्ने क्षमता राख्छन् । टीभीहरुमा सोनीकै स्लिम ब्याकलाइट ड्राइभ प्रविधिको प्रयोग गरिएको छ । यसले गर्दा टीभीले चहकिलो तथा उत्कृष्ट कन्ट्रास्ट लेभल समायोजन गरी जीवन्त दृष्य सम्प्रेषणमा सहयोग गर्ने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी टीभीमा प्रयोग गरिएको एक्सावन फोरके प्रोशेसरले कलर म्यापिङ प्रविधि मार्फत प्राकृतिक रङ सम्प्रेषणमा प्रत्यक्ष सहयोग पुर्याउँछ ।

सार्वजनिक गरिएका ब्राभियाको नयाँ लाइनअपले एण्ड्रोइड ६.० मार्शमेलो सपोर्ट गर्छ । यसले गर्दा प्रयोगकर्ताले यूएसबी ड्राइभ मार्फत अतिरिक्त सञ्चय क्षमताको उपयोग गर्न पाउँछन् । फलस्वरुप अन्य टीभीका तुलनामा यसका प्रयोगकर्ताले आवश्यकता अनुसार आफ्ना टीभीमा धेरै एप्लिकेशन्स डाउनलोड तथा उपयोग गर्ने सुविधा प्राप्त गर्ने कम्पनीको भनाइ छ । घरको आन्तरिक सजावतलाई थप आकर्षक देखाउन प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यका साथ ब्राभियाका नयाँ टीभीको डिजाइन समेत निकै आकर्षक तरिकाले गरिएको छ । साथै, टीभीमा तारको व्यवस्थापनलाई समेत विशेष ध्यान दिइएको छ । यसले गर्दा टीभी वरपर सफा वातावरण कायम गर्न सहयोग मिल्छ ।

कम्पनीका अनुसार निकट भविष्यमा नै सोनीको यी आरथ्रीडी सिरिजपनि सार्वजनिक गर्ने योजना रहेको छ । उत्कृष्ट दृष्य तथा आवाज सम्प्रेषण गर्ने क्षमता सहितका यी टीभीमा एक्स–प्रोटेक्शन प्रो फिचर पनि समाहित गरिएको छ । यसले गर्दा टीभी थप सुरक्षित हुनुका सार्थ कार्य क्षमतामा समेत बृद्धि हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार आरथ्रीडीले धुलो, आद्र्रता, चत्याङ्ग तथा विद्युतिय तरङ्गबाट समेत सुरक्षा प्रदान गर्छ । सार्वजनिक गरिने तयारीमा रहेको आर३२६डी मोडलका टीभीलाई पावर बैंक तथा कारका ब्याट्री मार्फत समेत सञ्चालन गर्न सकिने जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.