बिजी मलमा शुरु भयो ‘फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार’ योजना

  २०७३ असोज ६ गते १३:१०     विकासन्युज

काठमाडौं, ६ असोज । गोगंबुस्थित नयाँ बसपार्कमा सञ्चालनमा आएको बिजी मलले दशैं तिहारलाई लक्षित गर्दै ‘फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार’ नामक योजना शुरु गरेको छ ।

bg_mall_photo

यसै वर्षदेखि सञ्चालनमा आएको बिजी मलले असोज ५ गतेदेखि उक्त उपहार योजना शुरु गरेको छ । मलले ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै १ हजार रुपैंयाभन्दा बढीको सामान खरिदमा धेरै भन्दा धेरै उपहार बितरण गर्ने लक्ष्य लिएको छ ।

मलका निर्देशक राजु गिरीले चाड पर्वका बेला अधिकांशले सपिङग गर्ने भएकाले उनीहरुलाई कुनै न कुनै उपहार सहित सामान उपलब्ध गराउनका लागि चाडपर्वको उपहार योजना सुरु गरिएको बताए ।

उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्ने उपहार कार्यक्रमका संयोजक हिरमणि तिमल्सिनाले बताए । ‘सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहार प्रदान गर्ने व्यवस्था गरेका छौं ।’ कार्यक्रम संयोजक तिमल्सिनाले बताए ।
bg_mall_festive_offer

उपहार कार्यक्रम अन्तर्गत ग्राहले दैनिक रुपमा स्मार्ट फोन, १ हजार रुपैंयाको नगद छुट, खाजा तथा अन्य उपहारहरु प्राप्त गर्न सक्ने छन् । त्यसै गरी साप्ताहिक रुपमा ३२ ईञ्चको सिजि टेलिभिजन, सिजि वासिंग मेशिन, सिजि ग्यास तथा इलेक्ट्रििक हिटर, सिजि इलेक्ट्रिक ओभन र सिजि साउण्ड बार प्राप्त गर्न सक्नेछन् ।

उपहार योजनाको बम्पर उपहारका रुपमा ग्राहकरु मध्येबाट एक एक जनाले टिभिएस अपाची आरटिआर मोटरसाइकल, टिभिएस जुपिटर स्कुटर तथा एक जोडीले ४ रात ५ दिनको बैंकक ट्रिपमा जाने अवसर पाउने छन् । उपहार योजना कार्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।

मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.