२०७३ असोज ७ गते १५:२५ विकासन्युज
काठमाडौं, ७ असोज । राजधानीको सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा सामसङ ग्यालेक्सी जे२ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ शुरु भएको छ ।असोज ११ गतेसम्म सञ्चालन हुने एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गरेका हुन् ।
मोबाइल एक्स्पोका उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री महराले मोबाइलले सूचना प्रबिधीको क्षेत्रमा क्रान्ती ल्याएको बताए । उनले आफु सञ्चार मन्त्री हुँदा ल्याएको हातहातमा मोबाइल घर घरमा इन्टरनेटको बिशेष कार्ययोजना अनुसार नै नेपालमा सूचना प्रबिधीको विकास भैरहेको दावी समेत गरे । आफ्नो सोही योजना नेपाल टेलिकमले थप ३५ लाख सिमकार्ड बजारमा पठाएको समेत जानकारी दिए ।
सिभिल ग्रुपका अध्यक्ष तथा सांसद इच्छाराज तामाङले मोबाइल एक्स्पोले मलको व्यवसायीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले मलमा रहेका व्यवसायीहरुको हितका पक्षमा मलले सबै खाले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । उनले सिटिसी मललाई मल्टिपल सपिङ डेस्टिनेशनका रुपमा विस्तार गर्ने तयारी भैरहेको समेत जानकारी दिएका थिए ।
त्यस्तै सामसङ नेपालका प्रणय रत्न स्थापितले नेपालकै ठुलो मोबाइल बजारमा आयोजना गरिएको मोबाइल एक्स्पोले कम्पनीको बजार प्रवद्र्धनमा समेत मदत पुग्ने अपेक्षा सहित मुख्य प्रायोजक बनेको बताए ।
टेलिटका प्रबन्ध निर्देशक(पद कन्फ्युजन) सञ्जय अग्रवालले पनि यसपालीको एक्स्पोबाट कम्पनीको बजारीकरणमा ठुलो योगदान पुग्ने अपेक्षा व्यक्त गरे ।
उद्घाटन समारोहमा सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बजार प्रवद्र्धनको मुख्य योजनासहित एक्स्पोको आयोजना गरेको बताए । सिटिसी मोबाइल बजारमा ग्रे मार्केटका फोनलाई पुर्णत निषेध गरिएको बताउँदै उनले सस्तो र गुणस्तरिय मोबाइल खरिदका लागि सिटिसीम मोबाइल बजार उपयुक्त गन्तव्य भएको समेत बताएका थिए ।
८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध गराइएको छ । त्यसका अलवा केहि कम्पनीहरुले ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरेका छन् ।
निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको एक्स्पोमा फ्रि वाइफाईको मज्जा पनि उठाउन सकिन्छ । एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर प्रदान गरिएको छ ।
मोबाइल एक्स्पोमा आधुनिक प्रबिधिका मोबाइल, ट्याबलेट, फ्याबलेट र एसेसरिजको बिक्रीबितरण गरिने छ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको सामसुङ मोबाइल एक्सपोमा ३ लाख भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।
एक्स्पोका अवलोकन कर्ताहरुमध्ये एक जनालाई लक्की ड्र मार्फत मोटरसाइकल समेत प्रदान गरिनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.