टाटा मोटर्सको नयाँ शोरुम नारायणघाटमा, टियागो गाडी पनि पाइने

  २०७३ असोज ७ गते १६:०९     विकासन्युज

काठमाडौं, ७ असोज । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले नारायणघाटमा आर.बि. मोटर्सको उद्घाटन गरेका छन् । नेपालमा टाटा प्यासेन्जर भेहिकल अन्तर्गत यो १७औं आउटलेट हो । नयाँ शोरुम उद्घाटनसँगै टाटा मोटर्स्ले नेपाली बजारमा आफ्नो सेवा विस्तार गरेको छ ।
sipardi_naranghat_tiago1शोरुम उद्घाटनसँगै सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्सको नयाँ स्पोर्टी ह्याचब्याक टियागो नारायणघाट बजारमा ल्याएको छ । अत्याधुनिक डिजाइन सहित डाइनेमिक ड्राइभिङ्ग सुविधाले सो कारले उक्त वर्गको उत्कृष्ट उत्पादनको प्रतिनिधित्व गर्दछ । २२ लाख ५५ हजार रुपैयाँबाट शुरु हुने नयाँ रिभोटर्न १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ ।

सिग्नेचर हेग्जागन ग्रिल र नयाँ बहुमुखी विशेषताहरुसहित विश्वासिलो, चुस्त एवं साहसिक टाटा टियागोले अत्याधुनिक इन्टेरियरको समेत प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार नयाँ जमानाको सिटी र इको जस्ता मल्टी ड्राइभ मोडले फ्यूल इकोनोमी कायम राखी उत्कृष्ट ड्राइभिङ्गको अनुभव प्रदान गर्नेछ ।

sipardi_naranghat_tiago

उक्त टियागो ३ वटा डाइनामिक भेरियन्टहरु एक्सई, एक्सएम र एक्सजेडमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार टियागो ६ वटा आकर्षक रङ्गहरु जस्तै स्ट्राइकर ब्लू, बेरी रेड, सनब्रस्ट अरेन्ज, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट र प्लाटिनम सिल्भरमा उपलब्ध रहेको छ । नयाँ जेनेरेशन, हरमन प्रविधिको कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टम रहेको टियागो आफ्नो वर्गको नयाँ टर्न बाई टर्न नाभी र जुक कार एपले सुसज्जित रहेको कम्पनीको भनाइ छ ।

उद्घाटन कार्यक्रममा बोल्दै, सिप्रदीका सि.ओ.ओ. राजेश प्रसाद गिरीले आफ्ना ग्राहकहरुलाई नयाँ एवं उत्कृष्ट उत्पादन प्रदान गर्ने प्रतिबद्धता पूरा गर्नका निमित्त सबैले रोजेको र खोजेको नयाँ टियागोलाई नारायणघाटको बजारमा भित्राउन पाएकोमा खुशी व्यक्त गरेका छन् ।

साथै उक्त कार्यक्रममा आर.बि.का म्यानेजिङ्ग डाइरेक्टर बिमल पौडेलले सिप्रदीसँग सहकार्य गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको बताए । साथै उनले अब आफ्नो नयाँ शोरुमबाट टाटाका अत्याधुनिक विशेषताहरुसहित सुविधासम्पन्न जेस्ट, बोल्ट, स्ट्रोम लगायत नयाँ स्पोर्टी ह्याचब्याक टियागो गाडीको पँहुच ग्राहकहरुसम्म हुने पुर्याउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.