२०७३ असोज ७ गते २१:२९ विकासन्युज
काठमाडौं, ७ असोज। गुगलले आफ्नो च्याट एप एलो लञ्च गरेको छ । विश्वव्यापी रुपमा लञ्च गरिएको एलो एप्पलको आइओएस र एन्ड्रोइडमा उपलब्ध छ । एक महिनाको अवधिमा डुओ एप गुगल प्ले स्टोरबाट एक करोडभन्दा बढि डाउनलोड भैसकेको छ ।
गुगलले यहीँ वर्ष आफ्नो डेभलपर्स कन्फ्रेन्समा एलो एप ल्याउने घोषणा गरेको थियो । यो एपमा सर्च इन्जिन तथा गुगल असिस्टेन्ट समेत आबद्ध गरिएकेा छ ।
ह्वाट्सएपमा जस्तै यो एप प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो फोन नम्बर हाल्नुपर्ने हुन्छ । यस एपमा गुगल अकाउन्टलाई पनि लिंक गर्न सकिन्छ । गुगल प्ले स्टोरमा न्ययनभि वर्षिय सर्च गरेर यो एपलाई इन्स्टल गर्न सकिन्छ ।
यो एपमा सर्च फिचर सुरुमै राखिएको हुन्छ जसमा प्रयोगकर्ताहरु २नययनभि पछि आफुले खोजेको कुरा टाइप गरी सर्च गर्न सक्दछन् । अर्थात् आफुले खोजेको कुनै जानकारी गुगलका सर्च गर्नका लागि एप बाहिर निस्किएर ब्राउजरमा गुगल सर्च इन्जिन खोलेर सर्च गर्नु आवश्यक पर्नेछैन । यो एपको आर्टिफिसियल इन्टेलिजेन्सयुक्त सर्चले गुगलको नलेज ग्राफको प्रयोग गर्दछ ।
यो एपमा इन्ड टू इन्ड एनक्रिप्सन अर्थात् च्याट आफै डिलिट हुने फिचर छ । प्रयोगकर्ताले आफ्नो मेसेजका लागि टाइम लिमिट सेट गर्न सक्दछन् की मेसेज कति समयपछि डिलिट होस् । १० सेकेण्ड, ३० सेकेण्ड, १ मिनेट, १ घण्टा, १ दिन वा त्यसभन्दा धेरै समयको अप्सन छान्न सकिन्छ ।
गुगलले हरेक देशलाई लक्षित गरेर कस्टम स्टिकर पनि एड गरेको छ । तर यो एपमा डकुमेन्ट शेयरिंग तथा भ्वाइस कलिंग जस्ता फिचर भने उपलब्ध छैन । एलोलाई गुगलले आफ्नो भिडियो च्याट एप डुओको जोडीको रुपमा पेश गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.