भृकुटीण्डपमा चेम्बर एक्स्पो, व्यापार प्रवद्र्धनमा जोड

  २०७३ असोज ८ गते ११:०६     विकासन्युज

chamber-expo-2016-inougaartion-2काठमाडौं, ८ असोज । राजधानीको भृकुटीण्डपमा नेपाल चेम्बर एक्स्पो सुरु भएको छ । शुक्रबार उपराष्ट्रपति नन्दकिशोर पुनले एक्स्पोको उद्घाटन गरेका हुन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजीत मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले राजनैतिक क्रान्ति समाप्त भएकाले मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि नेतृत्व लिन नेपाल चेम्वर अफ कमर्सलाई आग्रह गरेका थिए ।

पुनःले मुलुकको रुपान्तरणको लागि ठूलो पूजींको आवश्यकता भएकाले विप्रेषणबाट प्राप्त रकम र साना साना पूजीं समेत संकलन गरी लगानी गर्नु पर्नेमा जोड दिएका थिए । उनले स्वदेशी पूँजीलाई प्राथमिकतामा राखी बैदेशिक लगानी समेत प्रवद्र्धन गरी व्यापार घाटा घटाउन निजी क्षेत्रले पहल गर्नुपर्नेमा पनिउनले जोड दिएका थिए ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले मुलुकको आर्थिक विकासका लागि निजि क्षेत्रको भूमिका महत्वपुर्ण रहेको बताए । उनले सरकारले निजी क्षेत्रको लगानीलाई उचित प्रवद्र्धन गर्नुपर्ने धारणा पनि राखे । नेपाल र जापान कुटनैतिक सम्वन्ध स्थापना भएको ६० औं वर्ष पुगेको अवसरमा जापानले मेलामा “साझेदार राष्ट्र”को हैसियतमा सहभागिता जनाएको छ ।

मेलाले नेपाली कृषि उत्पादन, हस्तकला, तयारी पोशाक, निर्माण सामाग्री, छाला तथा छालाजन्य बस्तु लगायत अन्य उत्पादनहरुको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उजागर गर्न सफल हुने अपेक्षा गरिएको छ ।

वाणिज्य सचिव ङइन्द्र प्रसाद उपाध्यायले नेपाल लगानीको लागि उपयुक्त स्थल भएकोले कृषि, पर्यटन, निर्माण, जलश्रोत, प्रविधिलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे । जापानका राजदूत मासामी ओगावाले नेपालको आर्थिक विकासमा जापानले गरेको सहयोग अझै बढाउने बताए ।

मेलामा नेपाल, जापान, कोरिया, चीन, भारत, बंगलादेशका करिव १२० वटा कम्पनीहरु सहभागी रहेका छन् । १७५ वटा स्टल रहेको मेला अउसोज ११ गते सम्म संचालनमा रहने छ । मेलामा कृषि, हस्तकला, फर्निचर, तयारी पोशाक, निर्माण सामाग्री, छाला तथा छाला जन्य उत्पादनका साथै सवारी साधन, विद्युत तथा विद्युतीय सामान, किचेन सामाग्री, फेशन, मोबाईल लगायतका बस्तुहरुको प्रदर्शनी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.