संकटा सहकारीको एटिएम सेवा

  २०७३ असोज ९ गते १०:५४     विकासन्युज

काठमाडौं, ९ असोज । न्यूरोड स्थित संकटा बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारणसभा सम्पन्न भएको छ । सभाले अध्यक्षको बार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, अनुमानित बजेट तथा कार्यक्रम लगायतका विभिन्न निर्णयहरु पारित गरेको छ ।
शुक्रबार सम्पन्न साधारणसभामा उद्योग मन्त्री नविन्द्रराज जोशीको प्रमुख आतिथ्यता र सहकारी बैंकका प्रवन्ध संचालक केबी उप्रेतीको विशेष आतिथ्यता रहेको थियो ।
संस्थाले ठूलो उतार चढाब पनि पार गर्दै सहकारीहरुको माझमा संकटालाई छुट्टै पहिचान बनाउन सकेको संस्थाका अध्यक्ष उत्तमबहादुर सिंहले बताए । बचत तथा ऋणमा मात्र केन्द्रीत नभई संकटा चालकलाई मालिक बनाउने उद्देश्यले सफा टेम्पोमा लगानी, सुपथ मुल्य पसल संचालन, नयाँ नयाँ प्रविधि, संचारमा लगानी लगायतका काममा अगाडी रहेको जानकारी दिए ।
आर्थिक वर्ष २०७२÷७३ मा संस्थाको शेयर पूँजी तर्फ ५ करोड ४ लाख ८ हजार रहेको छ । असार मसान्तसम्म संस्थाले ८८ करोड ७४ लाख १२ हजार निक्षेप संकलन गरेको छ भने लगानी ६८ करोड ३७ लाख ६१ रहेको छ ।
एटिएम सेवा सुरु
संकटा सहकारीले सदस्यहरुको सुविधाको लागि नेपालै पहिलो पटक एटिएम सेवा शुरु गरेको छ । सहकारीले लक्ष्मी बैंकसंगको सहकार्यमा माइक्रो एटिएम मोबाईल सेवा शुरु गरेको हो । शुक्रबार सम्पन्न संस्थाको १७ औं बार्षिक साधारणसभाबाट यस सेवाको शुरु गरिएको हो ।
संस्थाका प्रवन्ध संचालक विन्देश्वर श्रेष्ठका अनुसार अब सदस्यहरुले सहकारीको हरेक कारोबार आफ्नै मोबाईलबाट गर्न सकिने पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.