भूकम्प पीडितलाई एक लाख थप्ने प्रस्ताव अघि बढ्यो, भोली निर्णय हुँदै

  २०७३ असोज ९ गते १३:१०     विकासन्युज

काठमाडौं, ९ असोज । सरकारले भूकम्प पीडित जनतालाई थप एक लाख नगद अनुदान दिने प्रस्ताव अघि बढाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा आइतबार बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समिति बैठकमा थप एक लाख अनुदान दिने प्रस्ताव पेश भएको हो ।

quake

आइतबारको बैठकमा पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले पुननिर्माणको प्रगति प्रतिवेदन पेश गरेका थिए । प्राधिकरणका विज्ञ सदस्यहरुले पुननिर्माणको अवस्थाबारे आफ्नो धारणा राखेका थिए ।
भोली बस्ने गरि बैठक स्थगित भएको छ । सोमबारको बैठकमा प्राधिकरण उपाध्यक्ष, अध्यक्ष लगायतले आफ्नो धारणा राखेपछि नगद अनुदान एक लाख रुपैंयाँ थप्ने निर्णय हुने प्राधिकरण श्रोतले बतायो ।

हाल सरकारले भूकम्प पीडित जनालाई निजी आवास निर्माणका लागि तीन किस्तामा दुई लाख नगद अनुदान दिने व्यवस्था रहेको छ । अब सरकारले दोश्रो किस्तामा एक लाख ५० हजार र तेश्रो किस्तामा एक लाख रुपैंयाँ उपलब्ध गराउनेछ ।

त्यसको पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ धमाधम वितरण भैरहेको छ । अब सरकारले दोश्रो किस्तामा एक लाख ५० हजार र तेश्रो किस्तामा एक लाख रुपैंयाँ उपलब्ध गराउनेछ ।

असोज ६ गतेसम्म ४ लाख ५१ हजार २ सय ४४ भूकम्प पीडित घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको र ३ लाख ९१ हजार ८८ घरधनीको बैंक खातामा पहिलो किस्ता उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.