२०७३ असोज ९ गते १७:४९ विकासन्युज
काठमाडौं, ९ असोज । आईएमईले महान पर्व विजया दशमी लक्षित “आईएमई हात हुँदैन खाली” योजना अन्तर्गत प्रथम हप्ताको भाग्यशाली विजेता घोषित गरेको छ ।
कन्ट्रोल नम्बर ९०६७९०९८०१७ मा मलेसियाबाट कूल नेपाली रुपैंयाँ ३७,०८१ पठाएका आईएमई सेवाग्राही तिलकबहादुर श्रेष्ठ भाग्याशाली घोषित भएका छन् । प्राप्त गरेको पुरस्कार श्रेष्ठले सिफारिस गरेका नेपालमा हुने आफन्तले पाउने कम्पनीले जनाएको छ ।
यहि आश्विन १ गतेदेखि आश्विन ३० गतेसम्म हुने “आईएमई हात हुँदैन खाली” योजनामा नेपालका १४७ आईएमई सेन्टर सहित ५२०० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्नेछन् । यस योजनाबाट श्रम एवं बिभिन्न उद्देश्यले प्रवासमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आईएमईमार्फत् आफ्नो मिहिनेतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहार पनि प्राप्त गर्ने अवसर प्रदान गरेका छौं ।
यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि (सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेटे आदि निश्चित उपहार पाउने व्यवस्था मिलाईएको छ । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईनेछ । साथै, साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गराईनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.