पशुपति पेन्ट्सको नयाँ शोरुम बुटवलमा

  २०७३ असोज १० गते १५:४३     विकासन्युज

बुटवल, १० असोज । पशुपति पेन्ट्सले बुटवलको कालिका नगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीकाे   आधिकारिक विक्रेता भैरव कलर ट्रेडर्सद्वारा उक्त स्थानमा नयाँ शोरुमकाे सञ्चालन गरिएकाे हो ।

pashupati_paints_butwal_shoनयाँ शोरुमको समुद्घाटन पशुपति पेन्ट्सका कन्ट्रि म्यानेजर सन्तोश श्रेष्ठद्वारा गरिएको हो । समुद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले नयाँ शोरुमबाट आफ्ना उपभोक्ताले कम्पनीका समग्र उत्पादनहरु थप सहजताका साथ प्राप्त गर्न सक्ने बताए ।
पशुपति पेन्ट्सले दशैँ तिहारको अवसरमा ग्राहकलाई लक्षित गर्दैै महापर्वको रङ्गोत्सव उपहार योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ४० हजार रुपैयाँ बराबर वा सो भन्दा बढीको इमल्सन खरिद गर्दा उपभोक्ताहरुका लागि विभिन्न आकर्षक उपहारहरुको ब्यवस्था गरिएको छ ।

योजनाको बम्पर उपहार स्वरूप एक जना भाग्यशाली विजेताले रोयल एन्फिल्डको बुलेट बाइक उपहारका रुपमा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । उक्त शोरुमबाट उपभोक्तालाई गुणस्तरिय सेवा प्रदान गर्न आफू सँधै प्रतिबद्ध रहेको कम्पनीका सञ्चालक चिरञ्जिवी खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.