माइक्रोम्याक्सको क्यिू फो सिक्स टू नेपाली बजारमा, मूल्य १२ हजार रुपैयाँ मात्र

  २०७३ असोज ११ गते १२:१७     विकासन्युज

काठमाडौं, ११ असोज । विश्व प्रसिद्ध भारतीय ब्राण्ड माइक्रोम्याक्सले आफ्नो नयाँ प्रस्तुति क्यिू फो सिक्स टू (क्यानभास फाइभ लाइट) नेपाली बजारमा ल्याएको छ । उक्त क्यिू फो सिक्स टूमा विशेष किसिमको प्रोसेर रहेको छ । यो १.० जिगा हर्ज कार्ड–कोर प्रोसेसरद्धारा सञ्चालित छ र यसमा १६ जिबी रोम रहेको छ । यस फोनमा ५.० एचडी डिस्प्ले  र  २ हजार महको ब्याट्री रहेको छ ।

micromaxकम्पनीका अनुसार यसमा ८ एमबी हाइ रिजोलुसन अटोफोकस रियर क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा सेल्फीका लागि रहेको छ । यसमा ८ एमपी प्राइमेरी र ५ एमपी र ५ एमपी फन्र्ट क्यामेरा जडित भएबमे हुाम ग्राहकहरुले कनैपनि बेला लाखौं सुन्दर र उत्कृष्ट तस्विरहरु खिच्न सक्नेछन् । यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१ अपरेटिंग सिस्टममा आधारित रहेको कम्पनीले जनाएको छ ।

उक्त मोबाइलमा २ जिबी र्याम, १६ जिबी रोम र थप ३२ जिबी एक्सपेन्डएबल एसडी कार्ड प्रयोग गर्न सकिने छ । यो फोनमा शक्तिशाली २ हजार माँको व्याट्री रहेको छ । साथै यसमा डियूल र हाइव्रिडड सिम स्लट भएको डियूल र हाइव्रिड सिम सल्ट भएको थ्री जि र फो जि नेटवर्कलाई पनि सर्पोट गर्दछ । कनेक्टिभिटीका लागि यसमा वाईफाई, ब्लूटूथ लगायतका सुविधा पनि छन् ।

हाल बजारमा यसको मूल्य १२ हजार एकसय रुपैयाँ रहेको छ । यो स्मार्टफोनमा कुनैपनि समयमा कार्य दक्षतामा कमी आउन दिँदैन् भन्ने कम्पनीको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.