चोकोफन नयाँ आकार र प्याकेजिङमा, मिठोसँगै रमाईलो पनि

  २०७३ असोज ११ गते १२:४०     विकासन्युज

काठमाडाैं, ११ असाेज । सुजल फुड्स प्रालिले सर्वाधिक लोकप्रिय चकलेट ब्राण्ड ‘चोकोफन’को नयाँ आकार र प्याकेजिङ्गका साथ बजार प्रवद्र्धनको नयाँ अभियान शुुरु गरेको छ । “हुर्किदैछ नेपाल चोकोफनमा रमाउँदै” भन्ने सन्देश बोकेको नयाँबजार प्रवद्र्धन अभियान चोकोफोनको मिठो स्वादमा रमाउदै हुर्कदै गरेका बालबालिकाहरुप्रति लक्षित गरिएको छ । साथै, चोकोफनसँग रमाउँदाको पल आफ्नो बाल्यकालको सबैभन्दा रमाइलो पलहरु मध्ये एक हो भन्ने सोच भएकाहरु प्रति पनि सो अभियान लक्षित छ ।

chokofunचोकोफन नयाँ ग्लिटरी डिजाइन तथा अत्याधुनिक टेक्नोलोजीको मेटालिक र होलोग्राम ¥यापरका साथ बजारमा आएको छ । उक्त नयाँ प्याकले चोकफोनसँग जुडेको बाल्यकालको उमङ्ग, खुसीयाली तथा रमाइलो जिन्दगीको भावलाई अपनाएको छ भने आफ्नो नयाँ स्टाइलिश र ट्रेण्डी डिजाइनका साथ सबैको मन जित्ने विश्वास कम्पनीले लिएको छ । वर्षाैंदेखि चोकोफनलाई मायादिँदै आएका बालबालिकाहरुलाई उक्त नयाँ प्याकले झन् उत्साह पस्कने कम्पनीको विश्वास छ ।

उक्त अभियान अन्तर्गतको टेलिभिजन विज्ञापनले पनि यिनै हुर्किदै गरेका बालबालिकाहरुको चोकोफनसँग जुडेका भावनाहरु तथा उनीहरुको सम्पूर्ण बाल्यकाललाई झल्काएको छ । यही दृश्यलाई कम्पनीले पत्रपत्रिका तथा होेर्डिङ्ग विज्ञापनमा पनि उतारेको छ । चोकोफनले आफ्नो तीन तहको क्रन्ची–क्रिस्पीवेफर, चकलेट क्रिम तथा स्वादिलो बाक्लो चकलेट मार्पmत नेपालमा स्वादका पारखीहरुलाई गुणस्तरीय मिठासको प्रस्तुती दिँदै आइरहेको छ ।

लक्ष्मी ग्रुपको अन्तरगतको सुजल फुड्स नेपालकै सबैभन्दा ठूलो कन्फेक्स्नरी उत्पादक कम्पनी हो । आईएसओ २२०००ः२००५ अन्र्तराष्ट्रि«य मापदण्ड प्राप्त सुजल फुड्सले विगत चार दशकदेखि उत्कृष्ट गुणस्तरका कन्फेक्सनरी उत्पादन गर्दै नेपालकै अग्रणी कम्पनी बन्न सफल भएको छ । कम्पनीले अन्तर्राष्ट्रिय स्तरको वेफर, क्याण्डी, बबलगम, स्टिक गम बनाउँदै आएको छ । कम्पनीको उत्पादनहरु चाकोफन, सुजलगम, सुजल इक्लेयर्स, क्याण्डीम्यान, फ्रेसो र लभ बर्ड्स वर्षौदेखि उपभोक्ताहरुले मन पराउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.