२०७३ असोज ११ गते १८:०४ विकासन्युज
काठमाडौं, ११ असोज । यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशैं अफर ‘टेक्नो ट्रिप टु टोकियो’का थप तीन जना साप्ताहिक विजेताको नाम घोषणा गरेको छ ।
उक्त योजनामा बिर्तामोडका अरुण फुयाल चौथो विजेता घोषित भएका हुन् । उनले बिर्तामोडस्थित सयपत्री ट्रेडलिंकबाट सुपरमोडल स्कुटर फेसिनो खरिद गरेका थिए ।
यामाहाको दशैं स्किमका पहिलो विजेता ललितपुरका पुकार शर्मा हुन् । उनले रिसिक अटोमोबाइल्सबाट एफजेड–एस एफआई खरिद गरेका थिए । उनीपछि भक्तपुरका रवि भोमी र पर्साका आशिष भुजेल क्रमशः दोस्रो र तेस्रो साताका विजेता घोषित भए । भोमीले द ह्विल्सबाट फेसिनो र भुजेलले पर्साबाट रे जी खरिद गरेका थिए ।
एमएडब्लुले दशैंको सुखद अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘टेक्नो ट्रिप टु टोकियो’ ल्याएको हो जसअन्तर्गत यामाहाका मोटरसाइकल वा स्कुटर खरिद गर्ने हरेक ग्राहकले आठ हजार रुपैयाँ छुट पाउनुका साथै हरेक साता एक जना भाग्यशालीले जापान भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् ।
यामाहाकाको दशैं योजनाबाट ग्राहकहरु उत्साहित भएको हामीले पाएका छौं । यो योजना तिहारसम्म जारी रहनेछ । ‘टेक्नो ट्रिप टु टोकियो’का साप्ताहिक विजेताले जापानस्थित यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने सुनौलो मौका पाउनेछन् ।
एमएडब्लुले भर्खरै मात्र ‘स्पोर्टी’ स्कुटर रे जेडआर सार्वजनिक गरेको थियो । नेपाली बजारको यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो र रेजी लगायतका दुईपांग्रे उपलब्ध छन् । एमएडब्लुले अत्याधुनिक अटोमोबाइल प्रविधिजडित आर३को समेत विक्री गर्दै आएको छ ।
यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.