२०७३ असोज १२ गते ११:२९ विकासन्युज
काठमाडौं १२, असोज । दिल्लीले अनुमति नदिँदा वायुसेवा निगमको विहान ११ साढे नौ बजेको जहाज १ घण्टा भन्दा बढी समय रोकिएको छ । निगमको आरए २०५ उडान नम्बरको जहाज ११ बजे उडान तालिका भएपनि मंगलबार बेलुका दुवाई रद्द भएपनि बुधबार विहान दुई घण्टा अगाडि नै दिल्ली जाने तयारीमा थियो ।
उडान सयम दुई घण्टा अगाडि सारेर ९ बजे नै उडान गरेको भएपनि अनुमति नलिएको भन्दै दिल्लीले रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
निगमको यो जहाजले यात्रु राखेर ट्याक्सी वे बाट धावनमार्गमा जानै लाग्दा दिल्लीको अनुमति नआएको र ११ बजेको निर्धारित समयमा नै उड्नुपर्छ भनेपछि एक घण्टा भन्दा बढी समय यात्रु जहाजमै राखेर प्रतिक्षामा बसेको हो ।
११ बजेपछि मात्रै उडान गर्ने अनुमति पाएपछि जहाजले १०४ जना बोकेर दिल्ली गएको स्रोतले जानकारी दिएका छ । निगम स्रोतका अनुसार ११ बजेलाई अनुमति लिएको जहाज निर्धारित समय भन्दा छिटो उडाउन खोजिएको भन्दै रोकिएको उल्लेख छ । निगमको यो जहाज ठीक ११ बजे दिल्ली उडेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.