प्रभु मनि ट्रान्स्फर र जनसेवी लघुवित्तबीच रेमिटेन्स सम्झौता

  २०७३ असोज १४ गते १२:५९     विकासन्युज

prahu_money_transferकाठमाडौं, १४ असोज । प्रभु मनि ट्रान्स्फर प्रा.लि र जनसेवी लघुवित्त वित्तिय संस्थाबीच रेमिटेन्स सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा प्रभु मनि ट्रान्स्फरका तर्फबाट नायब महाप्रवन्धक रामेश्वर सापकोटा र जनसेवी लघुवित्तका तर्फबाट अध्यक्ष विकास गौचनले हस्ताक्षर गरेका हुन् ।

पर्वत जिल्लामा प्रधान कार्यालय रहेको लघुवित्तको विभिन्न १०(पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रोल्पा, रुकुम, कास्की, तनहु, लमजुङ्ग र गोरखा) वटा जिल्लाको स्विकृति रहेको छ । सम्झौता पश्चात लघुवित्तका सबै शाखाहरुबाट प्रभु मनि ट्रान्स्फरको रेमिटेन्स सेवा दिने भएको छ । आगामी दशैं सम्ममा सेवा सञ्चालनमा ल्याईने बैंकको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.