२०७३ असोज १५ गते ७:३९ विकासन्युज
काठमाडौं । पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)ले तीन वर्षदेखि नेपाल पर्यटन बोर्डसँगको संयुक्त कोष तथा मजदुरको हकहितमा खर्च गर्ने रकम नपाएको भन्दै टिम्स कार्डको विक्री वितरण नै बन्द गर्ने चेतावनी दिएको छ ।
टानले विगत तीन वर्षदेखि पदयात्रा सूचना व्यवस्थापना प्रणाली (टिम्स) विक्री गरेवापतको कर्मचारी खर्चदेखि मजदुरको हकहितको क्षेत्रमा खर्चने रकमसमेत नपाएको बताएको छ ।
टानले टिम्स कार्डको वितरण र तथ्यांक अध्यावधिसहितको पर्यटकीय सेवामा क्रियाशील कर्मचारीलाई तलव भत्ता खुवाउन तथा कार्यालय संचालनका लगि ९६ लाख रुपैयाँ टानको आन्तरिक स्रोतबाट ऋण प्रदान गरेको पनि बताएको छ ।
विदेशी पर्यटक पदयात्रामा जादाँ पर्यटकीय सुरक्षाका लागि अनिवार्य रुपमा लागू गरिएको टिम्स विक्री गर्ने अधिकार नेपाल पर्यटन बोर्ड र टानलाई मात्रै रहेको छ ।
टानले समूहगत रुपमा जाने पर्यटको र बोर्डले एकल पत्रायादीको लागि टिम्सकार्ड विक्री तथा वितरण गर्ने गरेको छ । टानका महासचिव कर्ण लामाका अनुसार आगामी पर्यटकीय सिजन अक्टोवरको पहिलो साताबाट नै टिम्सको विक्री वितरण बन्द हुन सक्ने भएको छ ।
पर्यटन बोर्डल विगत तीन वर्षदेखि टिम्सको रकम थुप्राएर राखेको छ । टिम्स विक्रीबाट प्राप्त रकमध्ये बोर्डले ३०, टानले ३० बोर्ड र टानको संयुक्त कोषमा ३० प्रतिशत र मदुर कल्याणकारी कोषमा १० प्रतिशत रकम जम्मा गर्ने र तोकिएको मापदण्डभित्र रहेर खर्च गर्ने व्यवस्था छ
। तर, टिम्सको कुल रकम सबै बोर्डमा नै रहेको र आवश्यक बाडाफाडा पनि नभएकोले टानले टिम्स विक्री नै बन्द गर्ने चेतावनी दिएको हो
लामाका अनुसार टानले मात्रै विगत तीन वर्षको ३० प्रतिशतको खर्च गर्न पाउने रकम मात्रै करीब १२ करोड रुपैयाँ रहेको छ ।
टानले पाउनुपर्ने रकम औपचारीक रुपमा पाँच ६ पटक र अनौपचारिक रुपमा दर्जनौपटक आग्रह गर्न पनि बोर्डबाट रकम निकासा नभएको टानको भनाइ छ ।
टानका अनुसार बोर्डमा प्रतिनिधित्व गर्ने निजी क्षेत्रका पर्यटन व्यवसायीको पनि कुनै पहल नै नभएको देखिएको छ । आफैं व्यवसायी भएका र बोर्डमा प्रतिनिधत्वि गर्ने व्यत्तिले हालसम्म औपचारिक रुपमा समस्या समाधानको पहल नगरेको आरोप लगाएका छन् । बोर्डबाट पटक पटक पाएको आश्वासानले अब काम नगर्ने पनि लामाको बुझाई छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.