हिमालय एयरलाइन्सको काठमाडौँ–कोलम्बो नियमित उडान शुरु

  २०७३ असोज १६ गते १०:०४     विकासन्युज

काठमाडाैं, १६ असाेज । हिमालय एयरलाइन्सले असोज १५ गतेदेखि काठमाडौंबाट श्रीलंकाको राजधानी कोलम्बोमा सीधा हवाई सेवा शुरु गरेको छ । यस सेवाले नेपाल र श्रीलंका बीचपर्यटन प्रवर्धन गर्न, ब्यापार विस्तार गर्न र दुई देशहरु बीच सुमधुर सम्बन्धकायमगर्न मद्दत गर्नेछ ।

himalayan

समय तालिका अनुसार विमान त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल काठमाडौँ मध्यान्य ११ः३० बजे उडेर कोलम्बको स्थानीय सयम अनुसार १५ः०३ बजे बन्दरानाइके अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विमानले कोलोम्बोमा आत्मीय स्वागत पाएको हिमालयन एयरलाईन्सले जनाएको छ ।

यस कम्पनीले हप्ताको २ दिन उडान शुरु गरेसँगै २८ वर्ष पछि नेपाल र श्रीलंकाबीच पुनः प्रत्यक्ष हवाइ सेवा जोडिएको छ । यात्र¬हरुसँगै विमानमा नेपालको लागि श्रीलंकाको राजदुत डब्लु एस पेरेरा र श्रीलंका उद्मोग वाणिज्य महासघंका महासचिव अजीत डी पेरेरा सवार भएका थिए ।

नियमित उडानबारे टिप्पणी गर्दै कम्पनीका भाईस प्रेसिडेन्ट विजय श्रेष्ठले भने “कोलोम्बोमा सञ्चालन गर्न लागेको उडानलाई हामीले अर्को कोशे ढङ्गा मानेका छौ किनकी हिमालयन एआलाइन्स् मात्र एउटा यस्तो एअरलाइन्स हो जसले काठमाडौ– श्रीलंका रुटको सेवा सञ्चालन गरेको छ । दुई देशका व्यापारी र पर्यटकहरुले यस सेवालाई बढि प्रयोग गर्ने छन् भन्ने हामीले आशा गरेका छौँ ।” कम्पनीले हरेक साता मंगलबार र शनिबार उडान भर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.