जगन्नाथ र गोपीनाथ मन्दिर बनाउन नेपाल इन्भेष्टमेन्ट बैंक आर्थिक कोष

  २०७३ असोज १६ गते १०:४९     विकासन्युज

काठमाडौं, १६ असोज । नेपाल इन्भेष्टमेन्ट बैंकले हनुमानढोकास्थित विश्व सम्पदा सूचिमा रहेको जगन्नाथ र गोपीनाथ मन्दिरको पुनरुद्धारका लागि पूरक कोष सञ्चालन गर्ने भएको छ । बैंकले १७ असोजदेखि पुररुद्धार पूरक कोष सञ्चालन गर्न लागेको हो ।

जापान सरकारको सहयोगमा पुनरुद्धार भैरहेका यी मन्दिरका लागि पूरक सहयोगको प्रबन्ध गर्न कोष सञ्चालन गर्न लागिएको हो । परियोजनामा कार्यमुलक तालिमका माध्यमबाट राष्ट्रिय संघ संस्थाहरुको क्षमता विकासका लागि सहयोग पुग्ने बैंकले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले असोज १७ गतेदेखि नेपालका लागि जापानी राजदुतको उपस्थितीमा कोषको शुभारम्भ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.