सिद्धार्थ डेभलपमेण्ट बैंकको तिनकुने शाखा ललितपुरमा स्थानान्तरण

  २०७३ असोज १६ गते १५:५१     विकासन्युज

काठमाडौं, १६ असोज । सिद्धार्थ डेभलपमेण्ट बैंकको काठमाडौंको तिनकुनेमा स्थित शाखा कार्यालय ललितपुरको कुमारीपाटीमा स्थानान्तरण भएको छ । नवनिर्मित शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले गरेका छन् । एकता विकास बैंक लिमिटेड तथा नेपाल आवास फाइनान्स लिमिटेडसंग मर्जर पश्चात साविक नेपाल आवास फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय भएको सुविधानगर शाखा कुमारीपाटीमा स्थानान्तरण भएको हो ।
siddhartha_bank_transfer_br

बैंकका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा भएको उक्त समारोहमा डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको गुणात्मक बृद्धि तथा वित्तीय पहुँच विस्तार तथा वित्तीय स्थायीत्व कायम गर्न केन्द्रित रहेको बताउदै बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले तोकेकै समय सीमा भित्रै चुक्ता पूँजी पुर्याउन आग्रह गरेका छन् । साथै उनले बैंक तथा बित्तीय संस्थालाई संस्थागत सुशासनमा ध्यान पुर्याउन र गाउं केन्द्रित सेवा विस्तारलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

बैंकको असार मसान्तसम्म १२ अर्ब ३२ करोड रुपैयाँ निक्षेप, १० अर्ब ५८ करोड रुपैयाँ कर्जा तथा१ अर्व १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । सो अवधिसम्म बैंकले ३३ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले आफ्ना शेयरधनीहरुलाई २४ बोनस शेयर प्रस्ताव गरेको छ । बैंकले ३३ शाखा कार्यालय मार्फत १ लाख ५० हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.