लक्ष्मी बैंकले प्रोफेसनल दियालो विकास बैंक अक्वाएर गर्ने, शतप्रतिशत हकप्रद सेयर पनि

  २०७३ असोज १७ गते १०:०६     विकासन्युज

laxmiकाठमाडौं, १७ असोज । लक्ष्मी बैंकले प्रोफेसनल दियालो विकास बैंक अक्वाएर गर्ने भएको छ । असोज १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रोफेसनल दियालो विकास बैंकलाई अक्वाएर गर्ने निर्णय गर्दै कात्तिक ७ गते आयोजना हुने बिशेष साधारण सभामा बिशेष प्रस्ताव लैजान लागेको हो । हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ३ अर्ब ४ करोड रुपैंयाँ रहेको छ ।

लक्ष्मी बैंकले २४ करोड चुक्ता पूँजी रहेको प्रोफेसनल दियालो विकास बैंक अक्वाएर गर्न लागेको हो । अक्वाएरपछि लक्ष्मी बैंकको पुँजी ३ अर्ब २७ करोड पुग्नेछ ।  हाल नेप्सेमा लक्ष्मी बैंकको सेयरको मूल्य प्रति कित्ता ८९० रुपैंयाँ रहेको छ भने प्रोफेसनल दियालोको प्रतिकित्ता सेयर मूल्य ३७७ रुपैंयाँ रहेको छ ।

लक्ष्मी बैंकले दियालोलाई अक्वाएर गरेपछि हुने पूँजीको शतप्रतिशत अर्थात एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय समेत सोही बिशेष सधारण सभाबाट गर्नेछ । लक्ष्मी बैंकको जगेडा कोषमा २ अर्ब ६० करोड रुपैंयाँ रहेको छ भने प्रोफेसनल दियालोको जगेडा कोषमा ६ करोड रुपैंयाँ रहेको छ । लक्ष्मी बैंकले गत आर्थिक बर्षमा ६७ करोड नाफा कमाएको थियो भने दिलायोले ३ करोड नाफा कमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.