फेवा विकास बैंकको तालचोक शाखाको उदघाटन, बैक गण्डकी विकाससँग मर्ज हुँदै

  २०७३ असोज १७ गते १८:२०     विकासन्युज

काठमाडौं, १७ असोज । फेवा विकास बैकले कास्की जिल्लाको तालचोेक शाखाको उदघाटन गरेको छ । उक्त शाखाको उदघाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका छन् ।

phewa_bikas_bank_talchok_op

सो अवसरमा डेपुटी गभर्नर शिवराज श्रेष्ठले फेवा विकास बैक एक सवल र सक्षम विकास वैक भएको र मर्जरका पहिलो वर्षमानै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा बैंकलाइ बधाई दिएका छन् । बैंकको जोखिम दिनानुदिन वढदै गएकोले संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनु पर्ने बताए ।

बैंकको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले उक्त शाखाबाट निक्षेप संकलन सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा एबिबिएस्, एटिएम, एसएमएस बैकिङ्ग, सुनधितोमा कर्जा सुविधा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा,सहितको पूर्ण बैंकिङ् सेवा संचालन गरिएको बताए ।

बैंकले आर्थिक वर्ष २०७२/७३ मा संचालन मुनाफा ४८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही अवधी सम्म बैंकले ११ अर्ब ७३ करोड रुपैयाँ निक्षेप र १० अर्ब २२ करोड रुपैयाँ कर्जा पुर्याएको छ ।

बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत ग्राहकलाई बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ बताएको छ ।

फेवा विकास बैंक लिमिटेड र गण्डकी विकास बैंक लिमिटेड एक आपसमा मर्ज हुने भएका छन । आ.व २०७२/०७३ को अपरिष्कृत वित्तिय विवरणको आधारमा हेर्दा दुवै संस्थाको चुक्ता पुजी १ अर्व ५३ करोड रुपैयाँ पुगेको छ । साथै, खुद मुनाफा ४३ करोड रुपैयाँ, निक्षेप १७ अर्व २७ करोड रुपैयाँ र कर्जा लगानी१४ अर्व ८४ करोड रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.