२०७३ असोज १८ गते १०:३१ विकासन्युज
काठमाडौं १८, असोज । आइतबार साँझसम्म राष्ट्र बैंकमा सर्वसाधारणको निकै लामो लाइन थियो । नयाँ नोट साट्न विहानैदेखि लाइनमा उभिएका झण्डै चार सय जनाले राष्ट्र बैंकको काउन्टरमा प्रवेश पाएका थिएनन् ।
एकाएक त्यहाँको सुरक्षामा खटिएका नेपाली सेनाका क्याप्टेनले लाइनमा अगाडि बढ्न रोकिदिए । दिनभर लाइनमा उभिएर बस्दा थाकेकी एक महिलालो ती सैनिकको कठालो समाइन र भनिन् ।
‘म बिहानैदेखि लाइनमा बसेको छु, दिनभर लाइनमा बसेको मलाई रोक्न खोज्ने त को हो ?’ उनको यो हर्कतलाई राष्ट्रबैंकका सुरक्षा गार्डले नरोकेका भएन तत्कालै हवाई फायर गर्ने अवस्थामा ति सैनिक पुगेको समाचार मंगलबारको नयाँ पत्रिकाले छापेको छ
। मंगलबार नै विदेश उड्न लागेको गर्भनर चिरन्जिवी नेपाल सोमबार थापाथलि मुद्रा व्यवस्थापन विभागको अनुमगमना जाने कार्यक्रम थियो । यो तनावले गर्भनर पूर्व निर्धारित समय अनुसार अनुमगनमा जान सकेनन् ।
गर्भनरले आफू जान नसक्ने भएपनि डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीलाइ पठाए । दसैको अवसरमा आम सर्वसाधारणले पैसा साटन् नपाएपछि सर्वसाधारण आक्रोशित हुन थालेको राष्ट्र बैंकको भनाइ छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.