२०७३ असोज १८ गते ११:२० विकासन्युज
काठमाडठौं, १८ असोज । ७७ प्रतिशत भूकम्प पीडितले निजी आवास निर्माणका लागि पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले प्राधिकरण परामर्श समितिमा पेश गरेको प्रगति विवरण अनुसार ७७ प्रतिशत भूकम्प पीडित अर्थात ४ लाख ९ हजार ५ सय ९२ परिवारको बैंक खातामा निजी आवास निर्माणका लागि ५० हजार रुपैंया उपलब्ध गराइएको हो ।
१२ जील्लाका ५ लाख ३३ हजार १ सय ८२ घरधुरीलाई लाभग्राहीको सूचिमा राखिएको छ । तीमध्ये ४ लाख ५८ हजार ३ सय ७६ परिवारसँग अनुदान सम्झौता सम्पन्न भैसकेको छ । अनुदान सम्झौता गरेको एक हप्ताभित्र लाभग्राहीको बैंक खातामा रकम जम्मा गराउने व्यवस्था रहेको छ । १२ जिल्लाका ८९ प्रतिशत भूकम्प पीडित परिवारसँग अनुदान सम्झौता भैसकेको पनि प्राधिकरणले जनाएको छ ।
सबै भन्दा धेरै सिन्धुपाल्चोकका ७२ प्रतिशत भूकम्प पीडितले निजी आवास निर्माणका लागि ५० हजार पाइसकेका छन भने ललितपुरका एक जनाको बैंक खातामा पनि रकम जम्मा भएको छैन् । प्राधिकरणका सिइओले प्रस्तुत गरेको विवरण अनुसार ७४५ अर्ब रुपैंयाँ अपुग हुने देखिएको छ ।
कुल ९३८ अर्ब लागत अनुमान गरिएको पुननिर्माणका लागि दाताहरुले ३४३ अर्ब रुपैंयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसमध्ये २७२ अर्ब रुपैंयाँको सम्झौता भैसकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.