युनिक फाइनान्सले तीन करोड ८१ लाख रुपैयाँ बोनस सेयर दिने

  २०७३ असोज १८ गते १४:२४     विकासन्युज

काठमाडौं, १८ असोज । युनिक फाइनान्स लिमिटेडले सेयरधनीलाई तीन करोड ८१ लाख ७७ हजार ६ सय रुपैयाँ बोनस सेयर दिने भएको छ । फाइनान्सको नवौ वार्षिक साधारण सभाले कम्पनी संचालक समितिले गरेको प्रस्तावलाई पारित गरेको छ ।

unique_fin_9th_agm

उक्त सभाले आर्थिक वर्ष २०७२/७३ को प्रगती प्रतिवेदन, सोही समयको लेखापरिक्षण प्रतिवेदन सहितको आय व्यय विवरण, वासलात तथा नगद प्रवाह विवरण पारित गरेको छ । साथै, २०७३/७४ को लागि लेखापरिक्षकको नियुक्ती लगायतका प्रस्तावहरु सर्वसम्मत पारित भएको छ ।

साथै संस्थापक समुह तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा बिनोदबहादुर खत्री, नरेशचन्द्र प्रधान र दिव्यश्वर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट मणि राज दाहाल सो सभाबाट संचालक पदमा निर्विरोध निर्वाचित भएका बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल २३ करोड ८६ लाख १० हजार चुक्ता पूँजी रहेको संस्थाको १६ प्रतिशत बोनश सेयर वितरण पश्चात संस्थाको चुक्ता पूँजी २७ करोड ६७ लाख ८७ हजार ६ सय रुपैयाँ हुने कम्पनीले जनाएको छ । संस्थाले गत आर्थिक वर्षको आषाढ मसान्त सम्ममा ८० करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन तथा ६२ करोड रुपैयाँ कर्जा तथा लगानी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.