सनराइज बैंकले मलेसियाको लागि भिसा आवेदन शुल्क जम्मा गर्ने

  २०७३ असोज १८ गते १७:४८     विकासन्युज

काठमाडौैं, १८ असोज । सनराइज बैंक लिमिटेड र मलेसिया भि. एल. एन. नेपाल प्रा.लि बीच मलेसियाको लागि भिसा आवेदन शुल्क संकलन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा दुई संस्थाबीच मलेसियाका लागि भिसा आवेदकहरुलाई एकद्धार केन्द्रको सुविधा सहित सो का लागि लाग्ने शुल्क सनराइज बैंकमा जम्मा गर्ने निर्णय भएको छ ।
sunrisi_agree_malayasia

उक्त सम्झौता पत्रमा मलेसिया भि.एल.एनको तर्फबाट अध्यक्ष रामप्रसाद श्रेष्ठ तथा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् । मलेसियाका लागि भिसा आवेदकहरुले सनराइज बैंकको कुनै पनि ६७ वटा शाखामा मलेसियाको लागि विद्युतीय भिसा आवेदन लगायत भिसाको लागि लाग्ने शुल्क जम्मा गर्न सक्नेछन् । मलेसिया भि. एल. एनको कार्यालय मेट्रो पार्क भवन, उत्तर ढोका, लाजिम्पाटमा रहेको छ । सनराइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात उक्त स्थानमा आफ्नो काउन्टर समेत राखेर सेवा प्रदान गर्नेछ ।

मलेसिया भि. एल. एन. नेपाल प्रा.लि. मलेसियाको लागि भिसा आवेदन गर्दा लाग्ने शुल्क संकलन गर्नका लागि मलेसियाई राजदूतावासबाट अधिकार प्राप्त संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.