नबिल बैंकको ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश दिने प्रश्ताव पारित

  २०७३ असोज १८ गते १८:२९     विकासन्युज

काठमाडौं, १८ असोज । नबिल बैंकले आर्थिक वर्ष २०७२/ ७३ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस दिने भएको छ । साथै बैंकले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको बैंकको ३२ औं वार्षिक साधारण सभाले सो मात्रामा लाभांश दिने बैंक संचालक समितिको प्रस्तावलाई पारित गरेको छ ।

nabil_bank_agm

बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालको अध्यक्षतामा बसेको उक्त सभामा बैंकले आर्थिक वर्ष २०७२/७३ मा बैंकको संचालन मुनाफा ४ अर्ब ३५ करोड रहेको जनाएको छ । बैंकका अनुसार सो अवधिमा बैंकको खुद मुनाफा २ अर्ब ८१ करोड ९३ लाख रहेको छ जुन अघिल्लो वर्ष भन्दा ३५ प्रतिशतले बढी हो ।

अध्यक्ष पौड्यालले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार समिक्षा बर्षको मुनाफाबाट प्रस्तावित वोनस शेयर पश्चात बैंकको पूँजी यसै बर्ष ६ अरब १८ करोड रुपैया पुगेको र अर्को वर्ष ८ अर्व पुर्याउने लक्ष्य बैंकको रहेको बताए ।

उक्त साधारण सभाले सर्वसाधारण शेयरधनि समूह “ग” वर्गको शेयरधनिहरुको तर्फबाट शम्भुप्रसाद पौड्याल तथा दयाराम गोपाल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । साथै शेयरधनि समूह “ख” वर्गको तर्फबाट राष्ट्रिय बिमा कम्पनी लिमिटेड निर्विरोध निर्वाचित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.