२०७३ असोज १९ गते १३:०२ विकासन्युज
काठमाडौं, १९ असोज । खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागले दशैं तिहार तथा छठ लगायतका पर्वहरुको अवसरमा नौबिसे–मुग्लिन सडकमा नियमित बजार अनुगमन गर्ने भएको छ ।
विभागको टोलीले सो सडक खण्डका होटल, रेष्टुरेन्टको मोबाइल निरिक्षण ल्याब मार्फत अनुगमन गर्नेछ । विभागले चाडपर्व बिशेष अनुगमनका लागि विशेष अनुगमन गर्न ५ वटा टोली बनाएर काम गरिरहेको छ ।
टोलीमा जिल्ला प्रशासन कार्यालय, उपभोक्तावादी संघसंस्थाहरूको पनि सहभागीता रहेको छ । यसैबिच विभाग नेतृत्वको अनुगमन टोलीले काठमाडौँको कुलेश्वरस्थित अनमोल मसला पसलमा सिलबन्दी तथा उद्योगको उत्पादन बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
पूज स्वीट्स एण्ड चाट हाउस खिचापोखरी झोछेँको मिठाइ बनाउने कारखानामा पनि शिलबन्दी गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.