प्रभुको नयाँ हेलिकप्टर ‘आर६६ टरबाइन’ अब छिट्टै नेपाली आकाशमा

  २०७३ असोज २१ गते १४:३०     विकासन्युज

काठमाडौं, २१ असोज । प्रभु समूह अन्तर्गतको भगिनी संस्था प्रभु हेलिकप्टरले अमेरिकामा निर्मित रोबिन्सन आर६६ नँया हेलिकप्टर नेपालमा भित्र्याएको छ । उक्त हेलिकप्टरले चाडै नै नेपाली आकाशमा व्यवसायिक उडान शुरु गर्ने कम्पनीले जानकारी गराएको छ ।

prabhu_helicoptor
यो सहित प्रभु हेलिकोप्टरसँग अहिले अमेरिकामा निर्मित दुई वटा हेलिकोप्टर रहेको छ । पोखरा र काठमाडौंमा आधार बनाएर हेलीकप्टरद्वारा दैनिक साइट–सिइङ, माउन्टेन फ्लाइट, रेस्कियू फ्लाइट आदि उडानहरु गर्ने योजना रहेको कम्पनीको रहेको छ । दक्ष प्राविधिकद्वारा सर्व सुलभ दरमा सुरक्षित उडान सेवा गर्ने कम्पनीको उद्देश्य रहेको छ ।

कम्पनीको पोखरामा आफ्नै ह्यान्गरमा नियमित परिक्षण तथा मर्मत सम्भार गरि सुरक्षित तथा भरपर्दो सेवाको प्रत्याभूति गरिएको छ । प्रभु हेलिकप्टरले क्रमिक रुपमा नँया हेलिकप्टरहरु थप्दै हवाई क्षेत्रमा गुणस्तरीय सेवा दिंदै पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने योजना राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.