२०७३ असोज २९ गते ७:४७ विकासन्युज
काठमाडौं २९, असोज । ब्रिक्स सम्मेलनमा भाग लिनुअभि चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार बंगलादेशको भ्रमण गरेका छन् ।
भ्रमणका क्रममा चिनले बंगलादेशलाई २३ अर्ब अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने सम्झौतासमेत भएको छ ।
राष्ट्रपति सीको उपस्थितिमा दुई देशबीचक २६ बुँदे सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ ।
सम्मेलनमा भाग लिन भारतको गोवा जाने क्रममा उनले छिमेकी बंगलादेशको औपचारिक भ्रमण गरेका हुन् ।
चिनियाँ राष्ट्रपतिको बंगलादेश भ्रमण तीन दशकपछि भएको हो । समाचार स्रोत: कान्तिपुर दैनिकबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.