२०७३ असोज २९ गते ९:१८ विकासन्युज
काठमाडौं २९, असोज । दसैंको अवसरमा नेपाल राष्ट्र बैंकले ५८ अर्ब नौ करोडका नयाँ नोट बजारमा प्रवाह गरेको छ । राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरु र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट असोज महिनामा उक्त मूल्यका नयाँ नोट साटिएको हो ।
राष्ट्र बैंकका सह प्रवक्त राजेन्द्र पण्डितका अनुसार दसैंको लागि बजारमा गएका नयाँ नोटमध्ये ४९ अर्ब रुपैयाँ पाँच सयका र एक हजारका नोट छन भने बाँकी नौ अर्ब साना नोट हुन ।
बैंक तथा वित्तीय संस्थाले बजारमाा पठाएका यी नोट तिहारपछि बैंकमा नै फिर्ता आइसक्ने पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।
नेपालको अर्थतन्त्रको आकार अनुसार हाल बजारमा प्रवाह भएका नोटको हिस्सा सानो भएकोले यसले मुल्यबृद्धि नगर्ने उल्लेख छ ।
हाल नेपालको अर्थन्त्रको आकार साढे २२ अर्बको रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.