अलकायदाका नाममा धम्क्याएर ३३ लाख असुली, ६ वर्षमा ३१ देशका एक सय २८ लागुऔषध कारोबारीलाई पक्राउ

  २०७३ कार्तिक १ गते ७:०९     विकासन्युज

काठमाडौं १, कात्तिक । नेपाललाई ट्रान्जिट तथा आधार बनाएर गाँजादेखि कोकिनसम्मको कारोबार हुने गरेको छ । प्रहरीले पछिल्ला ६ वर्षमा ३१ देशका एक सय २८ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धेरै भारतीय रहेको समाचार सोमबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

भारतीयसँगै चिनियाँ र पाकिस्तानी लागुऔषध तस्कर नेपालमा पटक–पटक पक्राउ पर्दै आएका छन् । पछिल्लो समय दक्षिण अमेरिकी तथा अफ्रिकन देशका नागरिक नेपालमार्फत लागुऔषध ओसार–पसारमा सक्रिय बनेको प्रहरीको भनाइ छ ।jel-_1

नाइजेरियन सक्रिय

पाकिस्तानमा उत्पादन हुने सेतो हेरोइन नेपाल हुँदै विभिन्न देशमा तस्करी हुने गरेको छ । ०७० भदौमा सेतो हेरोइनका मुख्य कारोबारी साइदा परविन र उनका दुई सहयोगीलाई लागुऔषध नियन्त्रण ब्युरोले साढे ५ केजी सेतो हेरोइनसहित पक्राउ गरेको थियो । परविन अन्तर्राष्ट्रिय कारोबारी समूहकी एक सदस्य हुन् ।

उनी अदालतमा चलखेल गरी सफाइ पाएर पाकिस्तान पुगिसकेकी छिन् । उनका दुई सहयोगी अता मोहम्मद साह, सइद हुसेन काज्मी जेलमै छन् । परविनलाई पुनरावेदन अदालतले १५ वर्ष कैद सजाय सुनाइसकेको छ ।

उनीहरू पक्राउ परेपछि नेपाललाई ट्रान्जिट बनाई हेरोइन तस्करी घटेको छ । नेपालकै बजारका लागि खैरो हेरोइन भने भारतबाट तस्करी हुने गरेको छ ।

हेरोइन तस्करी घटिरहेका वेला नेपालमा कोकिनको कारोबार भने बढेको छ । नेपालमा पहिलोपटक २०६८ सालमा कोकिन बरामद भएको थियो । त्यसयता करिब २५ किलो कोकिन बरामद भइसकेको छ ।

गत १२ जेठमा मात्र नाइजेरियन र भेनेजुयलाका दुई नागरिक कोकिनसहित पक्राउ परेका थिए । नेपालका कोकिन प्रयोगकर्ता नभएपछि ट्रान्जिट देशका रूपमा नाइजेरियन समूहले ओसार–पसार गर्दै आएको छ ।

उनीहरूले दक्षिण अमेरिकी देशका नागरिकलाई भरियाका रूपमा प्रयोग गरी कोकिन कारोबार गर्दै आएको डिआइजी जयबहादुर चन्द बताउँछन् । युरोपका साथै भारत, चीन, थाइल्यान्डलगायतका देशमा समेत नेपाल हुँदै कोकिन जाने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.