२०७३ कार्तिक २ गते १६:२७ विकासन्युज
काठमाडौं, २ कात्तिक । पञ्चकन्याले नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गरी ३१६ ग्रेडको ट्याङ्क बजारमा ल्याएको छ । कम्पनीका अनुसार ३१६ ग्रेडका ट्याङ्कहरु बढी खीया प्रतिरोधात्मक र मिरर फिनिस्ड् भएको छ, जसले पानी छिटो तात्न पाउदैन । लक गर्न मिल्ने बिर्को भएकोले कुनै किसिमको कीरा, फोहर आदि पस्न सक्दैन ।
साथै स्ट्याण्ड सहित हुनाले ट्याङ्क रहेको स्थान समेत सरसफाई गर्न सजिलो हुन्छ र राख्ने स्थान समेत कम भए पुग्छ । ३१६ ग्रेडका ट्याङ्कहरु फार्माच्यूटिकल ल्याब, हस्पिटल, ब्रुअरी, डिष्टिलरी, डेरी, औद्योगिक प्रतिष्ठान, फुड एण्ड बेभरेज जस्ता उद्योग तथा घरायसी प्रयोजनकालागी अति उपयोगी हुने देखिन्छ । हाल यी ट्याङ्कीहरु १०००, १५००, २०००, ३०००, ४००० र ५००० लिटर क्षमतामा उपलब्ध छन् ।
साथै पञ्चकन्याले ३०४ ग्रेडका ट्याङ्कहरु होरिजेन्टल डिजाइनमा समेत उत्पादन सुरु गरेको छ । यी दुवै ट्याङ्कमा राम्रो रिसेल भ्यालु र कुनै म्यानुफ्याक्चरिङ्ग डिफेक्ट भएमा तुरुन्त साट्न सकिने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.