बोनस सेयर सूचिकरणमा गडबढी भेट्टिएपछि लुम्बिनी फाइनान्सको सेयर कारोबार बन्द

  २०७३ कार्तिक २ गते १८:३१     विकासन्युज

lumbini-financeकाठमाडौं, २ कात्तिक । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको सेयर कारोबार बन्द गराएको छ । सिडिएसले मंगलबार नेप्सेलाई पत्र लेख्दै उक्त फाइनान्सको कारोबार बन्द गराएको हो ।

स्रोतका अनुसार उक्त फाइनान्स कम्पनीको बोनस सेयर सूचिकरणको क्रममा गल्ती भेटिएपछि कारोबारमा रोक लगाएको हो । उक्त गल्ती कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटलबाट भएको हो । बोनस सेयर सूचिकरणको क्रममा केही सेयरधनीको बोनस सेयर हुनु पर्नेभन्दा कम विवरण बुझाएको स्रोतले बतायो ।

सामान्य प्राविधिक कारणले सेयर कारोबार रोकिन गएकोले त्यसलाई सच्याएर तत्काल सेयर कारोबार खुलाउन पहल भएको लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले बताए । एक दुई दिनमा नै सेयर कारोबार खुला हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.